अनलाईन शिक्षक तालिममा इतिहास कायम, १००० शिक्षकहरूको कुम्भ मेला (भिडियो सहित)

शिक्षा सञ्चार संवाददाता  |  २ आश्विन २०७७, शुक्रबार  |    667  Views

पोखरा– प्रविधिमैत्री शिक्षक समाज गणित विषय समूहको ३० दिने अनलाइनमा आधारित शिक्षक तालिम असोज १ गतेबाट प्रारम्भ भएको छ । अनलाईन शिक्षक तालिम मध्येको सबैभन्दा बढी सहभागी रहेको उक्त तालिमको उद्घाटन संस्थाका केन्द्रिय अध्यक्ष भूपति बस्यालले गरेका थिए । गणित समाजका अध्यक्ष चेतराज भट्ट, गणित शिक्षा परिषद्का महासचिव रमेश प्रसाद अवस्थी, शिक्षा पत्रकार सञ्जाल (इजोन) का अध्यक्ष प्रकृति अधिकारी, प्रविधिमैत्री शिक्षक समाज केन्द्र, प्रदेश एवं जिल्ला तहका नेतृत्वसहित देशभरका एक हजारभन्दा बढी गणित शिक्षकहरूको उपस्थितिमा उक्त तालिमको आरम्भ गरिएको हो । गणित शिक्षक श्रीकृष्ण आचार्यको नेतृत्वमा रहेको प्रशिस गणित समूहमा ३० दिनको कार्यक्रमलाई भेगलाल बरालको संयोजकत्वमा सात सदस्यीय समितिले विद्यालय तह गणित पाठ्यक्रम लाई समेट्ने गरी ५० जना गणित समूहका रोष्टर प्रशिक्षकको टिमले काम गरेको आयोजकको भनाइ रहेको छ ।

नेपालको इतिहासमा यति धेरै संख्यामा गणित शिक्षकको उपस्थिति सहित तालिम सञ्चालन भएको यो पहिलो रेकर्ड हो । धेरैले यस कार्यक्रमलाई गणित शिक्षकहरूको कुम्भ मेला पनि भनेको पाइन्छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष बस्यालले संस्थाले शिक्षकहरूको पेसागत हकअधिकारमा भन्दा पनि पेशागत क्षमता विकासमा काम गरिरहेकाले आम शिक्षकको समर्थन बढ्दै गइरहेको जुन आजको उपस्थितिले प्रमाणित गरेको जनाउँदै यस संस्थाले देशभर शिक्षकहरूको क्षमता विकासमा गरेको योगदानलाई सामाजिक सञ्जालमार्फत खिल्ली उडाउनेहरु अब लुकेर भएपनि तालिममा सहभागी हुन आग्रह गरेका थिए । हामी शिक्षकको क्षमता विकासमा जुटेका छौं शिक्षक हक हितमा लड्नेले आफ्नो क्षेत्रमा काम गर्दै जानुस् अनावश्यक टिकाटिप्पणी आवश्यक छैन बस्यालको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा गणित समाजका अध्यक्ष प्रा‍‍‍ डा चेतराज भट्ट, गणित शिक्षा परिषद्का महासचिव रमेश प्रसाद अवस्थी, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारी, प्रशिस उपाध्यक्ष नविन कुमार कंडेल, महासचिव देवीप्रसाद शर्मा, प्राविधिक समिति संयोजक घनश्याम अधिकारी, विज्ञान विषय संयोजक प्रभात सुवेदी, प्रशिक्षक रामहरि भण्डारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । गणित विषय संयोजक श्री कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम तालिम संयोजक भेगलाल बरालले सञ्चालन गरेका थिए भने पहिलो दिनको प्रशिक्षण कार्यलाई अम्बिक बरालले सहजता प्रदान गरेका थिए । देशभरका गणित शिक्षकहरुका लागि यो सुनौलो अवसर भएकाले निःशुल्क रुपमा संचालन भएको यस तालिममा अनुसाशित पूर्वक बेलुका ८ बजे सम्पुर्ण गणित प्रेमी शिक्षकहरु उपस्थित भई लाभ लिनु हुन आयोजकको आग्रह रहेको छ । कार्यक्रमको भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *