अन्तर क्याम्पस नृत्य प्रतियोगितामा आदिकवि भानुभक्त प्रथम

शिक्षा सञ्चार संवाददाता  |  १० फाल्गुन २०७६, शनिबार  |    1097  Views

चितवन – रेडियो संकेत गैडाकोटले आयोजना गरेको अन्तर क्याम्पस नृत्य प्रतियोगिता फाल्गुन १० गते शनिबार नारायणी कला मन्दिरमा सम्पन्न भएको छ । प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने मध्य बिन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरले द्धितिय र सप्त गण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले तृतिय स्थान हासिल गरेका छन् ।

तनहुँ, चितवन र नवलपुर जिल्लाका १६ क्याम्पसका प्रतियोगी विद्यार्थीहरु सहभागी रहेको उक्त प्रतियोगितामा आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थीहरुले तनहुँको सास्कृतिक पहिचान बनेको कौरा नृत्यलाई देखाइएका थिए । क्याम्पस प्रमुख महाप्रसाद हड्खले समेत रहेको टिमको संयोजकत्व स्व बि यु उपसभापति सुदर्शन पोख्रेलले गरेका थिए । प्रतियोगितामा प्रथम हुने आदिकवि भानुभक्त क्याम्पसपलाई २५ हजार नगद, मेडल र शिल्ड, द्वितीय हुने मध्य बिन्दु बहुमुखी क्याम्पस कावसोती नवलपुरलाई १५ हजार नगद र मेडल र तृतीय हुने सप्त गण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनलाई ५ हजार नगद र मेडल प्रदान गरिनुका साथै सहभागी क्याम्पस र प्रायोजक र सहप्रायोजकहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *