कसरी बन्न सक्छ आदर्श विद्यालय ?

शिक्षा सञ्चार संवाददाता  |  ३२ श्रावण २०७७, आईतवार  |    1182  Views

कोभिड– १९ ले शैक्षिक संस्था पूर्णरुपमा ठप्प भएको अवस्थामा शिक्षा क्षेत्रको अवस्था के कस्तो होला भनी शिक्षा सञ्चार मिडियाले कास्की जिल्लाका धेरै विद्यालयहरू घुम्ने क्रममा दुरदराजका शैक्षिक संस्थामा पनि पुगेर त्यसलाई सञ्चार माध्यममा ल्याउनुपर्छ भन्ने मनशायले कास्की जिल्लाको पोखराबाट उत्तरतर्फ करिब ३० किलोमिटर कच्ची बाटो भई माछापुच्छ्रे गाउँपालिकाको एक आदर्श विद्यालयमा गएपछि त्यहाँ देखिएको यथार्थ विवरण लाई उजागर गर्दै आम शिक्षा क्षेत्र र त्यससँग सम्बद्ध व्यक्तिहरुलाई उत्प्रेरणाका लागि यो दृष्टान्त तयार गर्ने प्रयास गरिएको छ ।

नेपालकै सुन्दर शहर पोखरा र त्यस शहरबाट करिब २० किलोमिटर उत्तर तर्फबाट माछापुच्छ्रे गाउँपालिका रहेको छ । भौगोलिक हिसाबले सबै पहाडी र कास्की जिल्लाकै दुर्गम मध्येको एक स्थानीय तह तर प्राकृतिक हिसाबले अत्यन्त सुन्दर यस क्षेत्रमा पुरानो बस्ती निकै पाइन्छ तर हाल शहर को सुबिधा भोगका कारण पोखरा झर्नेहरूको संख्या अत्याधिक रहेको छ । पोखरा उपत्यकाको खानेपानीको स्रोत पनि यसै गाउँपालिकामा रहेको छ । शैक्षिक दृष्टिकोणले धेरै नमुना कार्यहरू यस गाउँपालिकामा हुँदै आएका छन् । माछापुच्छ्रे गाउँपालिकाको शैक्षिक नमुना र आदर्श विद्यालयको रुपमा रहेको उदाहरणीय संस्थाको नाम हो निष्पक्ष माध्यमिक विद्यालय ।

माछापुच्छ्रे गाउँपालिकाले नै घोषणा गरेको आदर्श विद्यालय वास्तवमा नमुना बन्दै गएको महसुस गर्न सकिन्छ । यसलाई आदर्श बनाउन नेतृत्व लिएका छन् दुर्गा बहादुर रावत २०७२ सालमा स्थायी सेवामा प्रवेश गरेका रावतले विद्यालयको प्रअको नेतृत्व २०७५साल बाट लिएका हुन् छोटो समयमा नै विद्यालयमा सम्पूर्ण पक्षबाट सहयोग सहकार्य गर्दै नेतृत्व कौशलता प्रस्तुत गरेका रावतले विद्यालयको पूर्व विद्यालय कक्षा देखि कक्षा १० सम्म हरेक कक्षामा आफै खटिएर शैक्षिक सुधारको पहल गरेका छन् । कक्षाकोठाको व्यवस्थापन, शैक्षिक सामग्रीको निर्माण र व्यवस्थापन, आइसिटीको प्रयोगद्वारा विद्यालयको सुपरिवेक्षण, आइसिटी लाई कक्षाकोठामा प्रयोग, भौतिक व्यवस्थापनमा तीव्रता, फर्निचरको पर्याप्त व्यवस्थापन, खानेपानी, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय, छात्रवास, शिक्षक निवास लगायत शैक्षिक सुधारका धेरै नमुना कार्यहरु यस विद्यालयमा हुँदै आएको छ । गाउँको विद्यालय भएतापनि शहरी इलाकामा भएका अन्य सामुदायिक विद्यालयले सिक्नुपर्ने धेरै कार्यहरु हुँदै आएको यस विद्यालयलाई त्यस क्षेत्रका स्थानीय बासिन्दा, संघसंस्थाहरु, आमा समूह, युवा क्लव, राजनीतिक दल, स्थानीय तह, वडा कार्यालय अत्यन्त नजिकबाट सहयोग पुर्याउँदै आएको पाइन्छ । सबैले सिक्नलायक कुरा त के छ भने त्यस विद्यालयमा योजना आएर कार्य गर्नुपर्दा स्थानीय व्यक्तिलाई नै संलग्न गराउने, धेरै भएमा गोलाप्रथाद्वारा सबैको राजीखुसीमा छनौट भएका व्यक्तिलाई सहभागी गराउने साथै अर्को योजना आउँदा अघिल्लोपटक अवसर पाएकालाई भन्दा अन्य स्थानीयलाई संलग्न गर्ने कार्यले स्थानीय व्यक्तिहरु र विद्यालयप्रतिको माया अझ गाढा भएको महसुस गरेको पाइन्छ ।

कोभिड –१९ को समयमा पनि तीव्ररुपमा भौतिक सुधारको कार्यहरु निरन्तर भइरहेको र आगामी दुई महिना भित्रमा योजनाको कार्य सम्पन्न गरिने जसमा चार कोठे भवन सम्पन्न भइसकेको र थप चार कोठे भवन निर्माण कार्य भइरहेको साथै शौचालय र दुईवटा भवन जोड्ने बाटो निर्माण कार्यलाई तत्काल अगाडि बढाइने पूर्वप्रअ एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीले बताएका छन् । निर्माणकार्यमा आफैं लागेर दिनै भर कार्य गर्ने र त्यसको निरीक्षण गर्ने साथै आवश्यक सामग्रीहरु उपलब्ध गराउने कार्यले योजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने जसले आफूलाई अन्य क्षेत्र र प्रशासनिक कार्य गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक रावतको बनाइरहेको छ । पारदर्शी रुपमा आयोजना सूचनापाटी नै बनाएर समयमा नै योजना फर्स्योट गर्नाले थप योजनामाग गर्न सहज हुने र कार्यसम्पादन राम्रो भएका कारण पनि उत्साहका साथ जनप्रतिनिधि एवं संस्थाले योजना दिने गरेको यथार्थ देख्न सकिन्छ । यस विद्यालयले धेरै आदर्श कार्य गरेको छ जुन देशभरका विद्यालयलाई पनि प्रेरणा बन्न सक्छः
आदर्श प्रशासनः यस विद्यालयको आदर्शको रुपमा शैक्षिक प्रशासन रहेको छ । शिक्षकहरुलाई नियमित समयमा नै हाजिरी गर्न विद्युतिय हाजिरीको व्यवस्थापन सिसिटिभि क्यामेराबाट नियमित कार्यको अवलोकन शैक्षिक गतिविधि भए नभएको निरन्तर अवलोकन, शिक्षक उपस्थिति वा अनुपस्थिति बोर्डको निर्माण विद्यार्थी विवरण सहितको बोर्ड र विभिन्न समिति निर्माण गरी कार्यविभाजन, जिम्मेवारीको बांडफांड , कार्यसम्पादनका आधारमा पुरस्कारको व्यवस्थापन, शिक्षक सेवा सुबिधा, बिना संकोच आपसी छलफल आदि कार्यले प्रशासनलाई आदर्श बनाउन सहयोग गरेको छ । युवा जोश र बौद्धिक व्यक्तित्वको रुपमा पहिचान बनाउन सफल प्रधानाध्यापक दुर्गा बहादुर रावतले यसको नेतृत्व गरेका छन् । विद्यालयले विद्यालय विकास प्रस्ताव निर्माण गरी त्यसलाई पूर्णरुपमा पालना गर्ने प्रयास गरेकाले विद्यालयका प्रशासनिक गतिविधि कार्यसम्पादन सरल र सहज भएको विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ लामिछानेले बताउँदछन् ।

आदर्श व्यवस्थापन समितिः पेशाले पूर्व शिक्षक तर वर्तमान कृषक कै रुपमा रहेका पूर्व प्रधानाध्यापक समेत रहेका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरी अभिभाबक भने होइनन् तथापि शिक्षाप्रेमी को तर्फबाट विद्यालय व्यवस्थापन समितिको नेतृत्व लिएका गिरीले अभिभाबक भन्दा कैयौं गुणा बढी विद्यालयलाई माया गरी दैनिक आफु उपस्थित रहेर कार्य गर्दै आदर्श व्यवस्थापन समितिको रुपमा रहेको पाइन्छ । पूर्ण गिरीको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति र लिलु लामिछानेको नेतृत्वमा अभिभावक शिक्षक संघ रहेको जसले आफ्नो क्षेत्रको जिम्मेवारी पूर्ण रुपमा वहन गरेकोले व्यवस्थापन आदर्श बन्न गएको पाउन सकिन्छ ।

आदर्श शिक्षक स्टाफः स्थायी दरबन्दी प्रा.बि, निमाविमा रहेतापनि माध्यमिक तहसम्म शिक्षण गर्ने र नियमित अध्यापन जारी राख्दै हाल आइसिटीको प्रयोग गर्ने सन्दर्भमा क्रियाशील रहि कक्षामा प्रविधिको प्रयोग गर्दै आधुनिक र व्यावहारिक तवरले शिक्षण कार्य प्रदर्शन गर्ने शिक्षक साथै विद्यालयले दिएको जिम्मेवारी पुर्ण रुपमा बहन गरिे कार्य गर्ने भएकाले विद्यालयमा शिक्षक स्टाफ आदर्श बन्न पुगेको छ । विद्यालयमा १९ जना शिक्षक स्टाफ रहेका छन् ।

आदर्श अभिभावक:विद्यालयका हरेक गतिविधिमा अभिभावक उपस्थिति हुने र आफ्ना बालबालिका को क्रियाकलाप प्रति चासो व्यक्त गर्ने साथै विद्यालयले आवश्यक ठानेको खण्डमा निःशुल्क सामाजिक सेवा श्रमले सहयोग पुर्याउने साथै आफ्नो छाक नखाएर भएनी विद्यालयका लागि सहयोग समेत दिन पछि नपर्ने यस विद्यालयका अभिभावकहरुलाई आदर्श रुपमा लिन सकिन्छ ।
आदर्श विद्यार्थीः नियमित क्रियाकलापमा उपस्थिति हुन,े अनुपस्थित भएको खण्डमा सूचना दिइने, दिएको गृहकार्य निर्मित गर्ने, विद्यालयका हरेक गतिविधिमा संलग्न हुने, पुस्ताकालय, कक्षा कोठाका सामग्री, कम्प्युटर ल्यब आदिलाई आदर्श सम्पत्ति सम्झेर माया गर्ने विद्यालयले दिएको नेतृत्व उचित तवरले समाल्न,े विद्यालयमा फोहर नगर्ने, प्लास्टिक रहित विद्यालय निर्माणमा सहयोग गर्ने, हरेक खानेकुरा एवं अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने आदि कार्यले विद्यार्थीहरु आदर्शको रुपमा रहेको पाउन सकिन्छ ।

आदर्श प्रविधिः यस विद्यालयमा प्रयोग भएका प्रविधिले अन्य विद्यालयलाई पनि सिक्न उत्प्रेरित गर्ने देखिन्छ । कक्षामा प्रोजेक्टर, शिक्षकलाई कक्षामा जाँदा ल्याप्टप सुविधा, हरेक शिक्षकलाई आधुनिक प्रविधिको ज्ञानका लागि कम्प्युटर ज्ञानको सुबिधा र त्यस मार्फत आफै आइसिटी सिक्ने कार्यको थालनी, कम्प्युटर तथा ल्याप्टपको व्यवस्था, सिसि टिभि क्यामाराद्वारा विद्यालयका हरेक गतिविधिहरुको निगरानी, इलेक्ट्रोनिक हाजिरि, सोसियल मिडियाद्वारा सूचना प्रवाहामा जोड आदि कार्यले आदर्श प्रविधियुक्त विद्यालय बन्न सहयोग गरेको छ ।
आदर्श पुस्तकालयः विद्यार्थी शिक्षकहरुलाई शान्त वातावरणमा रही अध्ययन गर्न र ज्ञानको क्षेत्र विस्तार गर्न पुस्तकालयको व्यवस्थापनलाई चुस्त दुरुस्त गरीे घरमा समेत लान व्यवस्था मिलाउने साथै हरेक शुक्रबार इच्छुक विद्यार्थीलाई लामो समयसम्म अध्यायन गर्न उत्प्रेरित गर्ने कार्य आदर्शको रुपमा लिन सकिन्छ । विद्यार्थी शिक्षकहरुका लागि पुस्तकहरु रेकर्ड राखी लाने ल्याउने व्यवस्था समेत रहेको छ । कक्षा कोठामा नै बुक कर्नरको व्यवस्था गरी विद्यार्थीको अध्ययन गर्ने बानीको विकास गर्नु आदर्श कार्य रहेको छ ।

आदर्श छत्राबासः सायद गाउँमा पनि छात्रावास चल्छ र ? सामुदायिक विद्यालयले पनि छात्रवास चलाउन सम्भब छ र ? भन्ने धेरैको मनमा उब्जन सक्छ तर यस विद्यालयले गत वर्षबाट नै छात्रावासको प्रबन्ध गरी कक्षा १० का विद्यार्थीहरुलाई राख्ने र अध्ययन अध्यापन गराउने व्यवस्था मिलाएको छ । साथै शिक्षकहरुलाई समेत बस्ने व्यवस्था गरी चमेनागृह ब्यावस्थापन गर्दै एकैठाउँमा मेस सञ्चालन गर्ने गरेको छ । गाउँमा स्थापित विद्यालयले पनि यस्तो नमुना कार्य गर्न सक्षम हुँदा रहेछन् भन्ने आदर्श जोकोहीले प्राप्त गर्न सक्छन् ।
आदर्श भैतिक व्यवस्थापन ः विद्यालयलाई नमूनाको रुपमा अगाडि वढाउन वर्तमान अवस्थामा भएको भौतिक स्रोतलाई उचित रुपमा कसरी प्रयोग गर्ने र थप भौतिक स्रोत कसरी जुटाउने भन्ने महत्वपूर्ण हुन्छ । विद्यालयको दुईवटा खन्ड रहेको पाउन सकिन्छ । माथिल्लो खण्डमा कक्षा सञ्चालन भइरहेको र त्यसै खण्डमा प्रशासन, पुस्तकालय, कम्प्यूटर ल्याब, छात्रावास, शौचालय, खानेपानी, पार्किङ व्यवस्थापन गरेको पाइन्छ । यस खण्डको ग्रउण्ड निर्माण कार्य गर्न भने बांकी देखिन्छ । दोस्रो खण्ड अलि तल पर्छ । पुरानो भवनलाई भत्काएर जसमा हालैमात्र ८कोठे भवन बन्दै गरेको, त्यसैको नजिक शौचालय भवन निर्माण हुँदै गरेका,े ट्रष्टको तीन कोठे भवन इसिडि कक्षा संचालनमा रहेका,े लकडाउनकै समयमा विद्यालयको पछिल्लो गेट निर्माण, विद्यालय क्षेत्रलाई कम्पाउण्ड लगाइ जाली समेत राखिएको जसले अनावश्यक व्यक्ति सहजै विद्यालयमा प्रवेश गर्न नसक्ने, एक खण्ड बाट अर्को खण्डमा जाने बाटो निर्माण भएको आदि कार्यले विद्यालयको भौतिक व्यवस्थापन आदर्शको रुपमा मान्न सकिन्छ कुनै पनि ठाउँ खाली पनि छैन र भएको जमिनलाई दिर्घ सोचका साथ भौतिक निर्माण कार्य भएकाले यसबाट अन्य विद्यालयले पनि धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।

आदर्श जनप्रतिनिधि एवं संघ संस्थाहरुः यस विद्यालयमा रहेको क्षेत्र कास्की जिल्लाको संघीयक्षेत्र नं ३ र प्रदेशको क्षेत्र नं क मा पर्दछ । जसमा संघीय सांसद जगत विश्वकर्मा र प्रादेशिक सांसद रामजी बरालले प्रतिनिधित्व गरेका छन् । गाउँपालिकाको अध्यक्षका रुपमा कर्ण बाहदुर गुरुङ्ग, उपाध्यक्ष को रुपमा कृष्ण्कुमारी दवाडी रहेका छन् । यो विद्यालय वडा नं ५ मा पर्ने र त्यसको नेतृत्व वडाध्यक्षको रुपमा जुम बहादुर गुरुङले गरेका छन् । विद्यालयको हरेक पक्षमा गतसाल साथै यस वर्षपनि अत्याधिक बजेट पारिएको र उक्त बजेट अनुरुपको योजना समयमा नै सम्पन्न गरिएको साथै शिक्षक अभावका कारण पठनपाठनलाई असर नपरोस भनेर शिक्षक तलब र छात्रावास ब्यवस्थापनका लागि रु आठ लाख बार्षिक रुपमा उपलब्ध गराईएको वडा अध्यक्ष गुरुङ्गको भनाई रहेको थियो । सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय ईकाई कास्की, शिक्षा विकास निर्देशनालय पोखरा लगाएत निकायहरु साथै विद्यालयलाई विभिन्न सङ्घ संस्थाहरुले पनि सहयोग गरेको पाइन्छ । जसमा राइट फोर चिल्र्डेन, पुननिर्माण प्राधिकरण, बाबाफाउण्डेसन, मर्दीखोला शैक्षिक प्रतिष्ठान, स्थानिय क्लब, आमा समूह, रहेका छन् । यि सबै संघ–संस्थाहरुले विद्यालयको आदर्श बनाउनमा अत्यन्त ठूलो सहयोग गरेकोे पाउन सकिन्छ । यी सबै मनकारी आदर्श हातहरुलाई धन्यबाद ब्याक्त गर्नुपर्ने हुन्छ ।

आदर्श लेखा व्यवस्थापन: आर्थिक गतिविधि चुस्त दुरुस्त नभएमा जुनसुकै संस्था पनि अव्यवस्थित र छिन्नभिन्न हुँदै जान्छ । छबिलाल गौतमले यस विद्यालयको लेखा सम्ूहालेका छन् उनी बिदाको समयमा पनि विद्यालय आएर लेखाको काम चुस्त दुरुस्त राख्ने गरिरहेका हुन्छन् । योजना का हरेक आर्थिक कारोबारलाई सम्हाल्ने, बिल भरपाई बनाएर सम्बन्धित कार्यालयमा पेस गर्न उनी तयार हुन्छन् । साथै विद्यालयको आर्थिक गतिविधि पूर्णरुपमा खातामा राख्ने कार्य समयमा नै सम्पन्न गर्दछन् । अध्यक्ष एवं प्रअको राय साथै आर्थिक कार्यविधि, नियम, कानुन, निर्देशन बमोजिम उनले आर्थिक गतिविधि सञ्चालन गर्दछन् जसले आदर्श लेखा व्यवस्थापनको जिम्मेवारी वहन गरेको देख्न सकिन्छ । तर आधुनिक समयमा डिजिटल माध्यमलाई प्रयोग गरि आर्थिक कारोवार राख्न आँफु तयार रहेको र त्यसमा विद्यालयले पहल गर्नुपर्ने गौतमको भनाइ रहेको छ ।
आदर्श सोचः यस विद्यालयका जिम्मेवार व्यक्तिहरूको आदर्श सोचले यस विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग पुगेको पाउन सकिन्छ । वि.व्य.स को नेतृत्व गर्ने पुर्ण गिरीको विगत, वर्तमान र भविष्यको सोच साथै प्रअको युवा जोश एवं आाधुनिक कार्य सैली र क्रियाशीलता आदर्शको रुपमा अगाडि बढेको पाउन सकिन्छ । प्रेरणादायी सोचहरु एवं क्रियाकलापहरु प्रत्यक्ष भिडियोमा … ( Comming Soon: Subscrobe our Youtube Chanal Education Sanchar )

Leave a Reply

Your email address will not be published. Required fields are marked *