तेस्रो डि–ल्याण्ड कप सेमीफाईनल चरणमा

शिक्षा सञ्चार संवाददाता  |  ८ फाल्गुन २०७६, बिहीबार  |    1050  Views

तनहुँ – डि–ल्याण्ड युथ क्लब ब्यास १० ले शिवरात्री पर्वको अवसरमा आयोजना गरेको तेस्रो डि–ल्याण्ड कप २०७६ को खेल सेमीफाईनल चरणमा पुगेको छ । ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र ब्यास १० वडा अध्यक्ष तुलसीराम सापकोटाको उपस्थितिमा उद्घाटन गरिएको सेभेन ए–साईड फुटबल प्रतियोगितामा तनहुँ जिल्लाका १९ ओटा क्लबले भाग लिएका थिए  जसमध्ये डि ल्याण्ड सी, नवदिप युथ क्लब, दोभान क्लब ए,  टाईगरल्याण्ड क्लब सेमीफाईनलमा प्रवेश गरेका छन् । आजको खेलमा निकै प्रतिस्पर्धा रहे पनि अन्तिम समयमा दोभान क्लबलाई हराउँदै डिल्याण्ड सी सेमीफाईनलमा प्रवेश गरेको छ ।
विगत ३ वर्षदेखि निरन्तर खेल आयोजना गर्दै आएको क्लबले यस वर्ष पुरस्कार राशी प्रथम र द्धितिय क्रमशः रु ५११११ र रु ३११११ रहेको जसले गर्दा खेलप्रति झन आकर्षण बढेको क्लबका अध्यक्ष प्रकाश थापाले बताएका छन् । एन्फा रेफ्री ईन्द्र गुरुङ्ग र विजय रानाभाट संलग्न उक्त फुटबल प्रतियोगिताको प्रायोजक ब्यास नगर पालिका रहेको छ भने सह प्रायोजकमा बाराही क्यूरिज काठमाडौं र मिडिया पार्टनरको रुपमा www.teducationsanchar.com अनलाईन मिडिया र प्रादेशिक खबर राष्ट्रिय दैनिक रहेका छन् । खेल प्रति युवाहरुको चासो बढ्दै गएकाले सहभागी हुने र खेललाई रुचिपूर्ण तरिकाले हेर्नेहरुको संख्या उल्लेख्य रहेको खेल संयोजक मोहन बिक्रम राणाले जनाएका छन् । सेमीफाईनल र फाईनल खेल भोली शिवरात्रीको दिन हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *