त्रिविका परीक्षाहरु पुनःसञ्चालनमा (सूचना सहित)

शिक्षा सञ्चार संवाददाता  |  ७ श्रावण २०७७, बुधबार  |    439  Views

काठमाडौ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका सम्पूर्ण परीक्षाहरु पुनः सञ्चालन हुने भएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले सूचना प्रकाशित गरी स्थगित परीक्षाहरु पुनः सञ्चालनमा रहने कुरा जानकारी गराएको छ । यसपछि क्रमश अन्य परीक्षा पनि सञ्चालन हुने देखिन्छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस को कारण ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय को मिति २०७७ साल चैत्र ०६ को सूचनाद्वारा सोहि मितिदेखि लागु हुनेगरी ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सञ्चालन हुने पठनपाठनका साथै स्नातक तथा स्नातकोत्तर तहको परीक्षाहरु स्थगित गरिएको थियो ।

 

त्रिवि सूचना तथा जनसम्पर्क माहाशाखाको मिति २०७७ साउन ६ को सूचना तथा नेपाल सरकारले २०७७ साउन ६ गते मध्यरात देखि लकडाउन अन्त्य गरेको घोषणाका आधारमा त्रिवि र इन्जिनियरिङ अध्ययन संस्थानबाट मिति २०७७ चैत्र ६ गतेदेखि स्थगित गरिएको स्नातकोत्तर तहको परीक्षा मिति २०७७ भाद्र ७ गतेदेखि र स्नातक तहको परीक्षा मिति २०७७ भाद्र १५ गतेदेखि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्वन गर्दै सञ्चालन गरिने सूचना मार्फत सबैमा जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *