देशको सम्मानित व्यक्ति शिक्षक !!! – राष्ट्रिय बहस (भिडियो सहित)

शिक्षा सञ्चार संवाददाता  |  २८ आश्विन २०७७, बुधबार  |    948  Views

काठमाडौँ– कोभिड–१९ का कारण शिक्षा क्षेत्र अस्त ब्यस्त भएको र सरकारको आँखा शिक्षा क्षेत्र र त्यहाँ कार्यरत शिक्षकहरुको पर्न नगएको भन्दै राष्ट्रिय सभामा उठेको बहसले अहिले चर्चा पाएको छ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले देशको सबैभन्दा बढी सम्मानित व्यक्ति भनेको शिक्षक नै हो । आमाबाबुले भन्दा बढी शिक्षकहरु मार्फत सिकिने भन्दै शिक्षकहरुले सक्षम नागरिक बनाउने दायित्व लिएका हुन्छन् र अब्बल नागरिक उत्पादन पश्चात मात्र देश समृद्धि हुन्छ भन्दै निजी विद्यालयका शिक्षकले तलव खान नपाएको अवस्थामा भोली कसरी विद्यालय रहन्छन् पौड्यालको आशय थियो । देशका १० हजार निजी विद्यालय र कार्यरत करिब दुई लाख शिक्षक कर्मचारीको समस्यालाई सम्बोधन गर्न सरकारले राहतका प्याकेज एवं सहुलियत ऋणको प्याकेज उपलब्ध गराउनुपर्ने माग राष्ट्रिय सभामा गरिएको थियो । पूर्व राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेकी पौड्यालले उठाएको आवाजे देशभरका शिक्षाप्रेमी व्यक्तित्वहरुले स्वागत गरेको र उनको विचारमा सहमत हुँदै सामाजिक सञ्जालमा सर्वत्र छाएको पाउन सकिन्छ । बाँकी भिडियोमा …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *