गोरखा – गोरखाको भिमसेन थापा गाउँपालिका-३ मा रहेको नवज्योति माध्यामिक विधालयको ३५ औ बार्षिक उत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ ।
बिद्यालय व्यस्थापन समितिका अध्यक्ष रत्न प्रसाद पुडासैनीको सभापतित्व, जिल्ला शिक्षा प्रमुख खेम राज पौडेल को प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक , छिमेकी विधालयका प्रधानाध्यापक , श्रोत ब्यक्ति लक्ष्मण बाबु आचार्य, भिमोदय बहुमुखी क्याम्पसका प्रमुख विरेन्द्र पुडासैनी, भिमसेन थापा गाउँपालिकाका वडा ३ अध्यक्ष लिलानाथ लामिछाने, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेबी, स्थानीय बासिन्दा लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्र अ ठाकुर लामिछानेले बिद्यालयको एक वर्षभरि भएका गतिविधि, उन्नती प्रगति विवरण, विभिन्न कार्यहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्तर सदानात्मक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुको साथै प्रतियोगितामा विजयी हुने विधार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विभिन्न दाताबाट प्राप्त भएको पुरस्कार पनि बिधार्थीलाई वितरण गरिएको शिक्षिका गिता सिम्खडाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले शिक्षा आजको प्रमुख आवश्यकता भएकाले, अबको शिक्षालाई ब्यवहारिक बनाउनुपर्ने भन्दै ग्रामीण क्षेत्रमा पनि सीपमूलक एवं व्यवहारिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउदै नवज्योति स्कूलले यो बाटोमा प्रयास गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।