नेपाल रेडक्रस सोसाइटी दुम्सीकोटको एम्बुलेन्स अभियानलाई सहयोग प्राप्त हुनेक्रम जारी, हालसम्म तीन लाख ६२ हजार ४ सय ३ नगद प्राप्त

शिक्षा सञ्चार संवाददाता  |  २४ भाद्र २०७७, बुधबार  |    247  Views

‌       असहज  परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले नेपाल रेडक्रस दिवस भाद्र १९ गतेबाट सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स  सेवा संचालन अभियानलाई विभिन्न सहयोगी हातहरुबाट सहयोग गर्ने क्रम जारी छ । सो उपशाखाका संस्थापक सभापति स्वर्गीय शंकर गिरीको परिवारको तर्फबाट रु ६० हजार रुपयाँ प्रदान गर्नुभएको छ। उक्त रकममध्ये उहाँकी काठमाडौँ निवासी पाथिभारा  म्यानपावरकी संचालिका अन्जु  क्षेत्रीले रु ५०,००० हजार तथा  १०,००० रुपयाँ निज शंकर गिरी कि धर्मपत्नी रुक्मिणी गिरिको तर्फबाट प्रदान गर्नुभएको हो। साथै उक्त अभियानलाई व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष श्री तुलसीराम सापकोटाले  ११,१११ रुपैयाँ सहयोग गर्नुभएको छ ।त्यसैगरी उपशाखाका सभापति रामदत्त  पौडेल तथा मनु पौडेलबाट रु २१ हजार १११ सहयोग गर्नुभएको छ।

अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलबाट रु २१ हजार १११,व्यास १० खहरेका युवा व्यवसायी बिसाल गिरि बाट  रु २१ हजार १११, अर्थ संकलन समितिका सचिव श्रीकृष्ण आचार्यबाट रु १५ हजार ५५५, उपशाखा उप सभापति विष्णुप्रसाद अधिकारी ज्यू बाट रु १११११  नगद सहयोग गर्नुभएको छ।त्यसैगरी भानु माविका पूर्व  प्रधानअध्यापक प्रेम दराई  तथा वडा सदस्य पति माया दराईबाट रु १५ हजार ५५५, दुम्सीकोटका  युवा व्यवसायी, उपशाखा सदस्य जीवन पोखरेलबाट रु ११,१११, यसैगरी भानु माध्यमिक  विद्यालय वि ब्या स अध्यक्ष विष्णु थापा बाट रु १११११ ,व्यास १० दुम्सीचौरमा युवा व्यवसायी गणेशकुमार  वि क  बाट ११,१११ सहयोग गर्नुभएको छ। उक्त अभियानलाई दुम्सीचौर निवासी गोपाल गुरुङबाट रु १०५५५ सुसिल स्मृति प्रतिष्ठान ब्यास १० का  संरक्षक हरिभक्त अधिकारी ज्यु बाट रु १०,५५५, त्यसैगरि दुम्सीकोट निवासि मिना भण्डारी ज्यू बाट रु १०,५०५, दुम्सिचौर  निबासी खिर कुमारि थापा ज्यु बाट रु १०,५०५ सहयोग गर्नुभएको छ। यसैगरी शिखर युवा क्लवका अध्यक्ष उद्धव जि सि बाट रु  १०,५०० प्राप्त भएको छ।

त्यसैगरी व्यास १० निबुवाटारी स्थाइ ठेगाना भई हाल बारा जिल्लामा कार्यरत प्रहरी नायब उपरीक्षक गौतम मिश्रले रु १११११ प्रदान गर्नुभएको छ । त्यसैगरी व्यास १० बैरेनी निबासी उपशाखाका आजीवन सदस्य ब्यास ४ का वडा सचिव दुर्गाप्रसाद पौडेल तथा श्रीमती देवका पौडेलबाट रु १११११ प्राप्त भएको छ ।  ब्यास १० बैरेनी निवासी कृष्ण गिरी जो रिलायन्स इन्सोरेन्स कम्पनीका शाखा प्रवन्धकले रु. १११११ प्रदान गर्नु भएको छ । सहयोगकै क्रममा दुम्सीकोट निवासी जनता आधारभूत विद्यालयका पूर्व प्रअ दिल बहादुर मगरले आफ्ना स्वर्गीय बुबा लिलाम्बर मगरको स्मृतिमा रु १०००५ सहयोग गर्नुभएको छ । उक्त सामुदायिक एम्बुलेन्स संचालन अभियानलाई बरचौर टोल विकास संस्थाले रु १०१०५, दुम्सीकोट टोल विकास संस्थाले रु १०००७ दुम्सी चौरका युवा रेशम दरैबाट रु ५५५५,  सोही स्थानका मैतबहादुर गुरुडबाट रु ५५५५, रुद्रनाथ जोगीबाट रु ५०५५ प्राप्त भएको कुरा चन्दा संकलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । त्यसैगरी आफ्ना बुबा नन्दलाल सापकोटाको पुण्य तिथिमा सम्झना स्वरुप हाल मलेसियामा रहेका पोखरा चााउथे निवासी कृष्ण सापकोटा एवं पदमा सापकोटाले रु ५१९९, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य ब्यास ७ निवासी प्रदिप घिमिरेबाट रु ४०४५  एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका सभापति कृष्णहरि वाग्लेबाट रु ३३३३  प्राप्त भएको छ । अन्य सहयोगी महानुभावहरुमा ब्यास १ दमौली टोलकी शारदा गिरीबाट रु २००५, म्याग्दे १ गुणदीकी  राधिका लम्साल खनालबाट रु २५०५ त्यसैगरी ब्यास २ की सरस्वती थापाबाट रु २५५५ र व्यास ४ निवासी मिलन श्रेष्ठबाट रु २००५, ब्यास १० दुम्सी चौरका खड्क बहादुर अधिकारी बाट रु १००५ र ऋषिड ५ की पूर्णिमाया गुरुडबाट रु ५५५ प्राप्त भएको कुरा उपशाखाका अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले बताउनुभयो ।

हालसम्म विभिन्न सहयोगीहरूबाट रु तीनलाख बैसठ्ठीहजार चारसय तीन रुपैयाँ सहयोग प्राप्त भएको मा उपशाखाको तर्फबाट सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य संघसंस्था एवं समाज सेवी महानुभावहरुलाई खुला दिलले स्वस्फूर्त रुपमा सहयोग गर्न उपशाखाका सभापति रामदत्त पौडेलले हार्दिक अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *