प्रयोगात्मक अंक कसरी दिने ? (कक्षा ६ देखि SEE सम्मका तरिका सहित)

शिक्षा सञ्चार संवाददाता  |  २४ माघ २०७६, शुक्रबार  |    25054  Views

नेपाल सरकारले पाठ्याक्रमलाई परिमार्जन गर्दै पछिल्लो समयमा प्रयोगात्मक अंकलाई जोड दिदै आएको छ । साधारण शिक्षा तर्फ पनि गणित बाहेकका अधिकांश विषयहरुमा प्रयोगात्मक अंकको ब्यवस्था गरिएको छ । तर प्रयोगात्मक कार्यलाई कुनै वास्ता नगरी अन्तिममा कक्षा चढाउने र ग्रेड बढाउने माध्यम बनेको छ प्रयोगात्मक कार्य । शिक्षकलाई काम गर्न झन्झटिलो लाग्ने, विद्यार्थीको सबै रेकर्ड राख्न नसकिने भन्दै कार्यलयमा माग भएको समयमा अनुहार हेरेर अंक पठाउने प्रवृत्तिलाई लुकाउनु पर्दैन । वास्तवमै शिक्षामा परिवर्तन गर्नु छ भने सरकारको तर्फबाट आएको सहि नीतिलाइृ कार्यन्वयनमा ल्यकाउने कार्य शिक्षकबाट तत्लोतहमा सुरु गर्नुपर्छ तर त्यसको लागि प्रधानाध्यापकहरुको ईच्छाशक्तिमा भर पर्दछ प्रधानाध्यापकले चाहेको विद्यालयहरुमा पूर्णरुपमा लागू भएको उदाहरण पनि देख्न सकिन्छ । शैक्षिक गुणस्तरमा ख्यालै नगरी कुर्ची ओगट्ने र १०–४को जागिर पकाउने प्रधानाध्यापकहरुले प्रयोगात्मक कार्यसम्म पुगेर हेर्न त के फुर्सत होला र तथापि केहि गर्छु भन्नेहरुले गुणस्तर सुधार गर्नु छ भने ब्यवहारिक रुपमा प्रयोगमा आउने प्रयोगात्मक कार्यलाई सहि रुपमा प्रयोगमा ल्याउनु जरुरी हुन्छ ।
वर्तमान समयमा अनुगमन गर्ने र लागू गर्न प्रेरित गर्ने स्थानिय तहको कुनै संयन्त्र छैन भन्दा फरक पर्दैन । पूर्ण जिम्मेवारी प्रधानाध्यापकलाई दिइएको छ । जब प्रधानाध्यापकले नै प्रयोगात्मक कार्यका विषयमा जानकारी पाउँदैनन भने शिक्षकलाई गर भनेर कसरी भन्लान र खै ! यी सबै यावत कुराहरुलाई मध्यनजर गरि आम शिक्षक र प्रधानाध्यापक लगाएत सम्बन्धित निकायहरुलाई समेत सहज बनाउने उद्धेश्यले यो सामग्री प्रस्तुत गर्न लागिएको छ । निरन्तर मूल्याङ्कन प्रणली लागू गरिएको भनेर सरकारले भनेता पनि विद्यालय तहमा त्यो विरलै देख्न पाईन्छ, त्यसैको एक भागको रुपमा रहेको प्रयोगात्मक कार्यलाई काम गर्न अब्यवहारिक तर अंक दिएर ग्रेडवृद्धि गर्न ब्यवहारिक बनाउन खोजिएको देखिन्छ । सम्बन्धित विषय शिक्षकलाई समेत सहज हुनेगरि निरन्तर रुपमा कसरी वर्षभरी नै प्रयोगात्मक कार्यलाई संगसंगै लाने भन्ने तरिका लाई विषयगत फारम र त्यसको आवश्यक परेमा स्पष्टीकरण एवं तरिका सहित यहाँ प्रस्तुत गरिएको छ । यहाँ समावेश गरिएका विषयहरु साधारण शिक्षा अन्तर्गत नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या शिक्षा, कम्प्यूटर विज्ञान, पेशा ब्यवसाय र प्रविधि, स्वास्थ्य र नैतिक शिक्षा रहेका छन् ।

5 Comments

    Warning: call_user_func() expects parameter 1 to be a valid callback, function 'athemes_comment' not found or invalid function name in /home/teducationsanvin/public_html/wp-includes/class-walker-comment.php on line 179

Leave a Reply

Your email address will not be published. Required fields are marked *