प्रविधिमैत्री शिक्षक समाज, गोरखा अध्यक्षमा सापकोटा- लकडाउनको समयमा गरेको कार्यले संस्थाप्रतिको चासो बढ्यो

शिक्षा सञ्चार संवाददाता  |  २१ जेष्ठ २०७७, बुधबार  |    413  Views

गोरखा– प्रविधिमैत्री शिक्षक समाज नेपालले देशैभरी गरेको प्रविधि र विषयगत तालिमप्रति आकर्षण बढेपछि लकडाउनको समयमै भएपनि गोरखा जिल्लामा संस्थाको समिति गठन भएको छ । संस्थाका परिकल्पनाकार भूपति बश्याल को प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष श्रीकान्त पौडेलको सभापतित्वमा सम्पन्न अनलाईन मार्फत भएको भेलाले गणेशराज सापकोटाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ । बन्दसत्रको छलफलबाट सर्वसहमत रुपमा चयन भएका सापकोटाले प्रविधिलाई गोरखा जिल्लाका विद्यालयहरुमा नमूनाको रुपमा कार्य अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । समितिको उपाध्यक्षमा सन्तराम श्रेष्ठ, महिला उपाध्यक्ष दुर्गा अधिकारी, सचिवमा प्रकाश पोख्रेल, कोषध्यक्षमा सुमन ज्ञवाली, सदस्यहरुमा भिमनारायण श्रेष्ठ, राजेन्द्र रोका,वेद शर्मा, सम्झना श्रेष्ठ, गिता सिंखडा, सन्तोष धिताल, मायानाथ अधिकारी, गणेश परियार र संजय ढकाल चयन भएका छन् । गोरखा जिल्लाबाट गण्डकी प्रदेश प्राविधिक समितिमा सुरेन्द्र देवकोटा र अनुपबाबु श्रेष्ठलाई सिफारिस गर्ने समेत भेलाले निर्णय गरेको छ ।

 

समिति चयनको भेलामा केन्द्रिय उपाध्यक्ष नविन कंडेल, हेमा कुमारी थापा, महासचिव देवी प्रसाद शर्मा, सचिव हरिहर दाहाल, केन्द्रिय सदस्य सृजना खनाल, प्राविधिक समिति गण्डकीका संयोजक खेमराज पौडेल, केन्द्रिय प्राविधिक ब्यवस्थापन महाशाखा सदस्य श्रीकृष्ण आचार्य, छिमेकी जिल्लाका अध्यक्षहरु, गोरखा स्थित विभिन्न प्रअ उपस्थित भई सफलताको शुभकामना ब्यक्त गरेका थिए । यस अगाडी नै गण्डकी प्रदेशका ७ जिल्लामा संस्थाको संगठन विस्तार भई सकेको र हाल यस संस्थाले देशैभर दैनिक १००० शिक्षकहरुलाई प्रविधि सम्बन्धि एवं विषयगत तालिमहरु प्रदान गरि रहेको केन्द्रिय सचिव हरिहर दाहालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *