प्रविधिमैत्री शिक्षक समाज नेपालको जिल्लागत कार्यक्रम सम्पन्न

शिक्षा सञ्चार संवाददाता  |  २ असार २०७७, मंगलवार  |    430  Views

पोखरा– विश्व कोरोना भाईरसले आक्रान्त भएको र आम जनमानसहरु बन्दाबन्दीमा रहेको अवस्थामा प्रविधिमैत्री शिक्षक समाज नेपालले देशभर केन्द्रिय तह, प्रदेश तह हुदै पछिल्लो चरणमा जिल्लागत कार्यक्रमहरु सम्पन्न गरेको छ । केन्द्रको निर्णय, प्रदेशको निर्देशन र प्राविधिक सहयोगमा गण्डकी प्रदेशका चारओटा केन्द्रहरु स्थापना गरेर एकैपटक तनहुँ, गोर्खा, स्याङ्जा र पर्वत–बाग्लुङबाट आधारभूत तहको ईमेल तथा इन्टरनेट सम्बन्धि कार्यशालाको समापन गरिएको गण्डकी प्रदेशका प्राविधिक समितिका संयोगक खेमराज पौडेलले जानकारी गराएका छन् । समापन कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरु, स्थानिय तहका शिक्षा अधिकारीहरु एवं विभिन्न संघ संगठनका प्रतिनिधि तथा स्थानिय शिक्षकहरुले समयको माग बमोजिम यस संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

 

यस अनलाईन तालिमबाट करिब ८०० शिक्षकहरु लाभान्वित भएको प्रशिस गण्डकीका अध्यक्ष श्रीकान्त पौडेलले जानकारी गराएका छन् । संस्थाले आगामी कार्यक्रम स्थानिय तह र विद्यालयका फोकलपर्सन बनाएर सञ्चालन गर्ने नीति बनाएको जनाईएको छ । प्रशिसको तनहुँमा राजिब श्रेष्ठ, गोर्खामा गणेशराज सापकोटा, स्याङ्जामा डोलराज ढकाल, बाग्लुङ्मा चन्द्रबहादुर खड्काले जिल्ला नेतृन्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *