पोखरा– प्रविधिमैत्री शिक्षक समाज नेपाल महिला समूहले नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा भर्चुअल माध्यमबाट तीजगित सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पशिस केन्द्रीय अध्यक्ष भूपति बस्याल, गायिका हरिदेवी कोइराला, परीक्षा बोर्ड उपसचिव जयन्ती सत्याल, पूर्वमहानिर्देशक बाबुराम पौडेल, लोक गायिका पूर्णकला वि सि , अन्य गायिकाहरु, प्रशिस केन्द्रीय नेतृत्व एवं देशभरिका क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो । प्रविधिमैत्री शिक्षक समाज महिला उपाध्यक्ष हिमा कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सातवटै प्रदेशका महिला सदस्यहरुले गीत एवं कविता प्रस्तुत गरेका थिए भने सातवटै प्रदेशका प्रदेश अध्यक्ष एवं नेतृत्वहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पूनले गीतमार्फत सचेतना जगाउने र संस्कृति जगेर्ना गर्ने कार्यको प्रशंसा गर्दै जब सम्म महिलाहरु आफै सक्षम हुन सक्दैनन् तबसम्म विभेद रहिरहन्छ भन्दै शिक्षाका माध्यमद्वारा महिलाहरुलाई वैचारिक र नेतृत्व पङ्क्तिमा अगाडि लग्दै आर्थिक समृद्धिमा अगाडि बढाउनुपर्ने जसका लागि विद्यालय मार्फत महिला शिक्षकहरूको अहम् भूमिका रहने विचार व्यक्त गर्दै आदर्श नागरिक बनाउन सफल रहनुहोस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रमलाई प्रशिस केन्द्रिय महिला नेतृहरु चन्द्रकला दवाढी र शुसिला ढकालले ब्यवस्थापन र सञ्चालन गरेका थिए ।