तनहुुँ — व्यास नगरपालिका क्षेत्रमा रहेको इट्टा उघोगमा सञ्चालनमा रहेका बाल बिकास शिक्षा (ECEC) प्रति नगरपालिकाको शिक्षा शाखाले चासो व्यक्त गरेको छ । शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी , वडा नं.११ का वडा अध्यक्ष नीर बहादुर खड्का शाखा अधिकृत राधा आचार्य उद्योगी मदन तिमल्सेना एवं पत्रकारहरु सहितको टोलीले घाँसी कुवा स्थित घाँसीकुवा इट्टा उद्योगमा सञ्चालनमा रहेको दैनिक २४ जना अध्यायन गर्ने (ECEC) को स्थलगत अवलोकन गरेको छ । ब्रेटर ब्रिक परियोजनाको ब्रिज स्कुल प्रोगाम (BSP) अन्तर्गत एकिकृत हरित विकास नेपाल (IGDN) ले सञ्चालन गरेको यो कार्यले श्रमिकका छोराछोरीले कार्यस्थलमै बसेर पनि शिक्षाको पहुँचबाट टाढा बस्न नपरोस भन्ने अभियानलाई सार्थकता प्रदान गरेको पाइन्छ । स्थलगत अवोलकन पश्चात शिक्षा शाखा प्रमुख रेग्मीले बालबालिका जुनसुकै ठाउँका भएपनि मानविय रुपमा उनीहरुलाई सहयोग गर्नु हाम्रो कर्तव्य रहेको र आगामी शैक्षिक सत्रबाट यस्ता ब्रिक उद्योगमा रहेको (ECEC)का बालबालिकाहरु लाई अध्यापन गर्ने शिक्षक र उनीहरुको दिवा खाजाको व्यवस्थापनमा व्यास नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
परियोजनाले देशभर ११ जिल्लाका ४० ओटा ब्रिक उद्योगमा बे्रटर ब्रिक नेपाल BBN कार्यक्रम अन्र्तगत BSP कार्यक्रम सञ्चालन गर्दै आएको जसले बालश्रम र बाध्यकारी मुक्त गर्ने अभियान स्वरुप श्रमिककोहित , उधोगीहरुको प्रोत्साहन र प्राविधिक सहयोग , श्रमिकका छोराछोरीको शिक्षा स्वास्थ्य एवं सुरक्षाको लागि कार्य गर्दै आएको र तनहँु , लम्जुङ्ग र गोर्खाका ९ ओटा उद्योगमा ग्लोबल फेयरनेस इनिसियटिभ (GFI) ले आर्थिक सहयोग प्रदान गर्ने गरेको संस्थाको क्षेत्रीय निर्देशक सुदिप सेडाइले जानकारी दिएका छन् । राज्यको आँखा नपुगेको ठाउँमा यस संस्थाले काम गरेको र यसको उपलब्धि देखिनेगरी भएको उद्योगी मदन तिमल्सेनाको प्रतिक्रिया रहेको छ ।