मकवानपुरमा नमुना बन्दै चन्द्रोदय माध्यमिक विद्यालय

शिक्षा सञ्चार संवाददाता  |  १३ फाल्गुन २०७७, बिहीबार  |    1009  Views

हेटौंडा- भूकम्पले धेरै धनजनको क्षति बनायो, धेरै असरहरू पर्न गए तथापि केही क्षेत्रहरूको लागि फलदायी सावित भएको पाउन सकिन्छ । यसले एउटा उदाहरण हो हेटौंडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालय ।
विक्रम संवत् 2022 सालमा स्थापना भएको प्राथमिक, निम्नमाध्यमिक हुँदै माध्यमिक विद्यालयको रूपमा स्थापित विद्यालय, स्थापना कालिन समयमा अप्ठ्यारो परिस्थितिबाट गुज्रिनु परेपनि भूकम्प पश्चात नमूना विद्यालयको रुपमा स्थापित बनेको छ । करिब नौ सय विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयमा हाल 33 जना शिक्षक स्टाफहरू कार्यरत रहेका छन्। कक्षा 11 12 मा 142 जना विद्यार्थीहरू रहेको नेपाल सरकारले नमूना विद्यालयको रूपमा स्थापित गर्ने गरी छनौट गरेको विद्यालयको नेतृत्व का रुपमा प्र अ को जिम्मेवारी श्री जीवन ढकालले सम्हाल्नु भएको छ ।


नेपाल शिक्षक महासङ्घको जिल्ला नेतृत्व समेत सम्हाल्नुभएका प्र अ ढकालले विद्यालयका भावी योजनाहरु सुनाउँदै भन्नुभयो “क्षेत्रफलका हिसाबले छ विगाहा जमिन रहेकोले विद्यालयमा भूकम्प पश्चात आठ वटा ब्लकमा पुरानो भवनलाई विस्तावित गरी सम्पूर्ण नयाँ भवन निर्माण गरिसकिएको, विद्यालयकै जमिनमा नमुना स्टुडियम, प्रशासनिक भवन र विद्यालयको सम्पूर्ण क्षेत्रफल कम्पाउन्ड गर्न लागेको, छात्र एवं छात्र शौचालयका लागि छुटै ब्लक निर्माण गरिएको साथै शैक्षिक सुधारका लागि अंग्रेजी माध्यमका कक्षाहरु सञ्चालन गर्ने, निकट भविष्यमा नै उपयुक्त प्राविधिक शिक्षाको सुरुवात गरिने, प्रविधिमैत्री कक्षा कोठाहरु निर्माण गरिने, शिक्षकको क्षमता बृद्धिमा जोड दिइने, अतिरिक्त क्रियाकलाप, आइसिटिमा शिक्षक तथा विद्यार्थीको पहुँच वृद्धि गर्नतर्फ अगाडि बढ्ने” प्र अ ढकालको भनाइ थियो ।

आधारभूत तहमा आवश्यक शिक्षक दरबन्दी भएतापनि माध्यमिक तहमा थप दरबन्दी आवश्यक रहेको साथै शिक्षको विषयगत दरबन्दी नहुँदा निजी स्रोत शिक्षक एवं कक्षा 11-12 मा पार्टटाइम शिक्षक राखी कक्षा सञ्चालन गरिएको ढकालको भनाइ छ । आधुनिक प्रविधियुक्त शिक्षाका लागि 30 वटा कम्प्युटर 32 वटा सिसिटिभी क्यामेरा 12 वटा प्रोजेक्टर खरिद प्रक्रियामा रहेको र कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, शैक्षिक सामग्री संकलन कक्ष, बालविकास लाई उचित नमुना व्यवस्थापन गर्न लागिएको साथै कक्षाकोठा व्यवस्थापनका लागि पुराना डेक्स बेन्च विस्तावित गरी नयाँ व्यवस्था, प्राथमिक उपचार कक्ष, ग्राउण्डको व्यबस्थापन, विद्यालय हरियाली कार्य समेत अगाडि बढाइएको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको सकारात्मक सोचका साथ विद्यालयमा कटिबद्ध भएर लाग्नु , शिक्षकहरूको लगनशिलता एवं प्रअको कुशल नेतृत्व र समाजको विद्यालयप्रतिको सकारात्मक भावना तथा चासोका कारण विद्यालयलाई नमुना बनाउन सकिएको स्थानीयको भनाई रहेको छ । बागमती प्रदेशको केन्द्र हेटौडा भएसँगै लोकसेवा शिक्षक सेवा एवं अन्य परीक्षाहरु को समेत पहिलो रोजाइ बन्दै माध्यमिक विद्यालय हुने गरेको छ । उचित भौतिक व्यवस्थापनका कारण छ सय जनासम्म परीक्षार्थीहरु संलग्न गराउने गरिएको भनाइ प्र अ जीवन ढकालको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *