महायज्ञमा शैक्षिक संस्थाहरुको अग्रसरता

शिक्षा सञ्चार संवाददाता  |  २५ माघ २०७६, शनिबार  |    895  Views

तनहुँ– ब्यासक्षेत्र शिवपञ्चायन विकास कोषद्धारा बेदब्यासको १०८ फिट अग्लो मुर्ति निमाणार्थ सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञमा शैक्षिक संस्थाहरुको सहभागिता बढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै पराशर कलेजको तर्फबाट रु. १ लाख २० हजार १ सय ८ रकम भब्य स्वागतका बीच प्रदान गरिएको छ । बिहिबार दमौली कलेजले रु १ लाख ८ हजार रकम प्रदान गरेको थियो । दमौली कलेजका सञ्चालक समितिका अध्यक्ष अशोक कुमार श्रेष्ठ ब्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष हुन भने पराशर कलेजका सञ्चालक समितिका अध्यक्ष सुर्यचन्द्र हड्खले महायज्ञ समारोहका शैक्षिक संस्था समन्वय समितिका संयोजक हुन् । त्यसैगरि निर्मल माध्यामिक विद्यालय शिक्षकहरुबाट रु ५१००८, बालमन्दिर मा.वि. शिक्षकहरुबाट रु २५१०८, जलदेवी मा. वि. शिक्षक कर्मचारीबाट रु २००२१ उदय मा. वि. परिवारबाट १२५५५, चण्डिदेवी रा. मा. वि. विद्यार्थी एवं शिक्षक कर्मचारीहरुबाट रु १२१०८, बसन्त आधारभूत विद्यालयबाट रु ७०७५, सिन्धु प्रा. वि. बाट रु ५५००, महमाई बोडिङ्गबाट रु. ५१०५, संगम प्रा.वि. शिक्षकहरुबाट रु ३५३५, र आदिकवि भानुभक्त क्याम्पसका कक्षा ११ र १२ का विद्यार्थीहरुबाट रु ३२५५ प्रदान गरिएको आयोजकले जनाएको छ ।


बेदब्यासको प्रचारप्रसार संगसंगै यस क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बनाएर अगाडी बढिएकाले यसले सार्थकता पाउने विश्वासका साथ संसारभर चिनाउनको लागि १०८ फिट अग्लो ब्यासको मुर्ति स्थापना गर्न लागिएको जसका लागि रकम मात्र नभएर दान र पुण्यको चेतनाका लागि पनि शिक्षक विद्यार्थीहरुबाट सानो रकम किन नहोस् हरेक शिक्षण संस्थाले दान संकलन गरी महायज्ञमा सहभागी हुन शैक्षिक संस्था समन्वय समितिका संयोजक सुर्यचन्द्र हड्खलेको भनाई रहेको छ । कति रकम संकलन गर्ने लक्ष्य रहेको छ ? भन्ने शिक्षा सञ्चारको प्रश्नमा हड्खलेले “यसको रकम उठाउने लक्ष्य भन्दापनि बृहत योजना सफल बनाउने लक्ष्य रहेको” बताएका छन् । तनहुँका सम्पूर्ण नीजी तथा सामूदायिक शैक्षिक संस्थाहरु, प्याब्सन, एनप्याब्सन सम्पूर्णलाई यस क्षेत्रमा हुने पर्यटन विकासले समग्र शिक्षाको विकासमा पनि सहयोग पुग्ने भएकाले मन खोलेर सहयोग गर्न आग्रह गरिएको छ ।
ब्यास क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टीले सुन्दर गहना भएकाले दमौली र यस आसपासका ब्यक्ति एवं संस्थाहरुलाई प्रत्यक्ष लाभ हुने हुँदा पुस्तौ पुस्ताको भविष्यको लागि र बेदब्यास संगै ब्यास क्षेत्रको पहिचानको लागि ह्रदय खोलेर सहयोग गर्न कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठको आग्रह रहेको छ । शुक्रबार चौथोदिन सम्ममा ७३ लाखभन्दा बढी रकम संकलन गरिएको आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *