राज्यको आंखा नपुगेको ठाउंमा बिबिएन परियोजनाको प्रशंसनीय कार्य – श्रमिक का छोरा-छोरीहरुलाई पढ्ने अवसर जुट्यो

शिक्षा सञ्चार संवाददाता  |  ११ माघ २०७७, आईतवार  |    199  Views

तनहुं- तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ मा रहेको अस्मिता इँटा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई आइतबार पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण गरिएको छ । अस्मिता इँटा उद्योगमा एक कार्यक्रमका बीच एकिकृत हरित विकास नेपाल संस्था र ग्लोबल फेयेरनेश इनिसिएटिभ संस्थाको सहकार्यमा संचालित बेटर ब्रिक –नेपाल नामक कार्यक्रम मार्फत कामदारका २३ जना बिद्यालय जाने बालबालिका र प्रारम्भिक बालविकास केन्द्रका १९ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो । म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धि सागर खनालको प्रमुख आथिथ्यतामा ति बालबालिकालाई सामग्री हन्तान्तरण गरिएको थियो ।

श्री जनगणपति माद्यामिक बिद्यालयमा अध्यनरत ति बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सो अबसरमा बोल्दै शिक्षा प्रमुख खनालले शिक्षामा लगानी गर्नाले बालबालिकाको भबिस्य उज्ज्वल बन्ने धारणा राख्दै बालबालिकालाई नियमित बिद्यालय पठाउन अभिभाबकलाई आग्रह गर्नुभयो । उहाँले नियमित बिद्यालय जाने बालबालिकाको लागि गाउँपालिकाले छात्रवृत्ति समेत प्रदान गर्ने र बिद्यालय भर्ना भएका बालबालिकाको लागि प्रति विद्यार्थी १५ रुपैयाका दरले दिवा खाजा प्रदान गर्ने जानकारी दिदै संस्थाले गरेको राहत वितरण र गाउँपालिका संग गरेको समन्वयको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । कार्यक्रममा  एकिकृत हरित विकास नेपालका कोषाध्यक्ष श्रीकृृष्ण आचार्य ले राज्यले आंखा नलगाएको क्षेत्रमा यस परियोजनाले काम गरेकाले श्रमिकले आफ्नो श्रमसंगै भावि सन्ततिको शिक्षा समेत प्राप्त गर्नेभएकाले यस्ता  वालबालिकाको सम्मान गर्दै राज्यले दिने सुविधा उपलब्ध गराउनुपर्ने विचार ब्यक्त गर्नुभयो। कार्यक्रमका  सभापति गोबिन्दराम पन्तले एकिकृत हरित बिकास नेपालले बिगत ४ बर्ष देखि इँटा उद्योगहरुमा सहयोग गर्दै आइरहेको र यस्तो सहयोगले आर्थिक र सामाजिक रुपमा बिपन्न बालबालिकाक ालागि उलेख्य सहयोग पुगेको कुरा बताउनुभयो । उक्त अबसरमा सरोकारवालाहरुले श्रम सम्बन्धि समस्या समाधान गर्न संघ संस्था ,उधोगी ,कामदार र सरकारको भूमिका उल्लेखनीय रहने साथै सबैको प्रयासले दिगो बिकासका सूचक र बालश्रम मुक्त मुलुक बनाउन सरकारलाई सहयोग पुग्ने एस्तो कार्यक्रमले मजदुर ,बालबालिका र उद्योग तिनै पक्षको समग्र रुपान्तरणमा जोड दिएको कार्यक्रमका क्षेत्रीय संयोजक सुदिप सेढाईले बताउनुभयो ।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्राबिधिक सहायक ,संघ संस्था प्रतिनिधि ,कामदार लगायत सरोकारवाला निकायको उलेख्य उपस्थिति रहेको थियो l कोरोना संक्रमण जोखिमका कारण बिद्यार्थीलाई हात हातमा सामग्री बितरण नगरी एकमुष्ट रुपमा सामाजिक दुरी कायम गरि वितरण गरिएको संस्थाका सामाजिक परिचालक राजेन्द्र मिश्रले बताए ।

तनहुँमा बिगत ४ बर्ष देखि “कामदारमैत्री इँटा उद्योग ,इँटा उद्योग मैत्री निती र स्थानीय शासन “भन्ने उदेश्यका साथ इँटा उद्योगका बालबालिकालाई बिद्यालय सम्म लैजान सहजीकरण गर्ने ,कामदारमा चेतना अभिबृद्धि गर्ने र उद्योगलाई प्राबिधिक र सामाजिक पाटोमा सहयोग पुर्याउने लक्ष्यका साथ बेटर ब्रिक –नेपाल कार्यक्रमले काम गरिरेको कुरा संस्थाका फिल्ड अधिकृत सुमद पन्तले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *