व्यास नगरपालिकाले प्रविधिमैत्री नमुना विद्यालय निर्माण गर्ने

शिक्षा सञ्चार संवाददाता  |  १४ श्रावण २०७७, बुधबार  |    247  Views

तनहुँ – व्यास नगरपालिकाका मेयर बैकुण्ठ नाथ न्यौपानेले एक कार्यक्रमका विच नगरपालिका भित्र प्रविधिमैत्री विद्यालय निर्माण गर्ने साथै पाँचवटा नमुना विद्यालय छनोट गरी प्रविधिमैत्री नमूना विद्यालयको रुपमा कार्य गर्ने जानकारी गराएका छन् । मासिक रुपमा प्रधानाध्यापकहरूको बैठकलाई सम्बोधन गर्दै प्रमुख न्यौपानेले आगामी वर्ष अन्य क्षेत्रलाई भन्दा शिक्षा क्षेत्रलाई मुख्य प्रथामिकतामा राखेर कार्य गर्ने जानकारी गराएका थिए । शिक्षकहरूको व्यवस्थापनका लागि दरबन्दी मिलान गर्ने कार्य विविध कारणले गर्न नसकिएको र यस वर्ष उक्त कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढिने जसका लागि शिक्षक संघ, संगठनले आफ्नो तर्फबाट क्रियाशील भएर सहयोग गरेमा सहज हने भन्दै न्यौपानेले बिरालो भएपछि त मुसा मार्नु पर्यो नि भन्ने ब्यंग्य गरेका थिए । उक्त प्रसंग शिक्षक सङ्घ सङ्गठन आफ्नो पदमा मात्र नभएर कामको लागि पनि तदारुकता देखाउनुपर्ने कुराप्रति संकेत गरेका थिए । तत्कालीन अवस्थामा विद्यार्थीहरुलाई क्रियाशील गराएर अध्ययनप्रति चासो बढाउनको लागि स्वअध्यायन सामग्रीले ठूलो भूमिका खेल्ने विचार न्यौपानेको थियो ।उक्त अवसरमा उपप्रमुख मीरा जोशीले नगरपालिकाले रु. १८ लाखको सेनेटरी प्याड खरिद गरि वितरण गर्ने तर हाल ९ लाख बजेट खर्चेको र बाँकी पुन वितरण गरिने जानकारी गराउदै यस सेनिटरी प्याडको वितरण सहजता निर्माण गरि विद्यालयमा वितरण प्रणालीलाई ब्यवस्थित बनाउन प्रअहरुलाई निर्देशन गरिएको थियो । उक्त अवसरमा सेनेटरी प्याड एवं स्वअध्ययन सामग्री समेत विद्यालयहरुलाई हस्तान्तरण गरिएको थियो । ब्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख, उपप्रमुख साथै शिक्षक महासंघ अध्यक्षरामचन्द्र पोखरेल, विभिन्न सङ्घ, सङ्गठनका प्रतिनिधि, पत्रकार एवं नगरपालिकाभित्रका माध्यमिक तह सञ्चालनमा रहेका विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो । त्यसैगरी प्रविधिमैत्री विद्यालय निर्माण गर्नको लागि रु ३५ लाख बजेट विनियोजन गरिएको समेत शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले बताएका छन् । शिक्षालाई महत्वमा राखेर प्रत्येक वडाले दश दश दशलाख शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यमा लगाउन निर्देशन गरिएको समेत जानकारी गराएको थियो । शिक्षामा आगामी वर्षमा हुने कार्यक्रमहरुमा विद्यार्थी खाजामा निरन्तरता साथै इसीडि शिक्षक व्यवस्थापन को लागि दिईएको प्रति शिक्षक रु दुई हजार यस वर्षपनि निरन्तरता दिईने जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *