भ्रष्टाचारविरुद्ध अभियानकाे भर्चुअल अन्तरक्रिया

शिक्षा सञ्चार संवाददाता  |  ५ कार्तिक २०७७, बुधबार  |    285  Views

तनहुँ- “आधुनिक नेपालको अगुवा, नेतृत्वमा सक्षम युवा” भन्ने नाराका साथ सादगी नेता स्व. सुशील कोइरालाको नाममा स्थापित संस्था शुसिल कोइराला सोसलिस्ट यूथ सर्कलले “लोकतन्त्रको आधार, सुशासन पारदर्शी नेतृत्व र आर्थिक अनुशासन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि वक्ता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, विशिष्ट अतिथि वक्ता डाक्टर शशांक कोइराला का साथै डाक्टर मिनेन्द्र रिजाल, बद्री पाण्डे, जीवन परियार प्रदिप पौडेलले रेवती प्रसाद भुसाल र विज्ञ वक्ताको रुपमा वरिष्ठ पत्रकार हरि बाहादुर थापा रहेको उक्त कार्यक्रमको मोडरेटर संस्थाका अध्यक्ष तारा बहादुर थापा रहेका थिए ।
वर्तमान सरकारले नै संस्थागत र संरचनागत रुपमा भ्रष्टाचारको सञ्जाल बढाएको भन्दै वक्ताहरुले अब भ्रष्टाचारविरुद्ध र सुशासनको मुद्दालाई अगाडि बढाउँदै आफ्नै पार्टीबाट सुशासनको सुरुवात गरी सत्ता कब्जामा राखेर भ्रष्टाचार गर्ने परिपाटीको विरुद्धमा एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए। देशैभरका जनप्रतिनिधि, नेबिसंघ नेतृत्वहरु, महिला संघको नेतृत्व एवं तरुण दलका युवाहरु सहितको उपस्थिति रहेको उक्त कार्यक्रमको प्राविधिक सहयोग तनहुँ स्थिति शिक्षा सञ्चारको कार्यालयबाट श्री कृष्ण आचार्यले गरेका थिए । कार्यक्रममा नजिकिएको चाडपर्वको अवसरमा शुभकामना समेत आदानप्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *