स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनको गठनः शिक्षक महासंघ झाेले भएकाे आरोप

शिक्षा सञ्चार संवाददाता  |  ३० असार २०७८, बुधबार  |    466  Views

पाेखरा – शिक्षा क्षेत्रमा भएका राजनैतिक हस्तक्षेप र सामूहिक स्वतन्त्र आवाज उठाउने उद्देश्यका साथ सम्पूर्ण शिक्षकहरूको एकीकृत आवाज उठान गर्ने गरी कुनै दलको पनि भातृ सङ्गठन वा शुभेच्छुक संगठनको रुपमा नरहने घाेषणा सहित स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनको उदय भएको छ । रामराज राजवंशीकाे अध्यक्षतामा ५७ सदस्यिय तदर्थ समिति सार्वजनिक गरिएकाे हाे । 

मंगलबार भर्चुअल पत्रकार सम्मेलन मार्फत युनियनको केन्द्रीय तदर्थ समिति सार्वजनिक गरिएको हो । दिउँसो १ बजे गरिएको पत्रकार सम्मेलनमा पार्टीको झोला बोक्ने शिक्षकहरुले आफ्नो पाटी सत्तामा हुँदा मौन बस्ने र केहीलाई विदेश भ्रमण गराइदिएर कर्मचारीतन्त्रले शिक्षा चलाएको भन्दै दलगत भन्दा माथि उठेर शिक्षकहरुको शिक्षाका लागि र शिक्षकहरूको सामुहिक हितका लागि भन्दै पेसागत सुरक्षा र पेशागत क्षमता अभिवृद्धिका निम्ति शिक्षक एकता आवश्यक ठानी केन्द्रीय तदर्थ समितिको घोषणा गरिएको जनाइएको छ । 

“वार्षिक लेबी उठाउने र शिक्षकको लेबी खाएर शिक्षककै मुद्दामा मौन बस्ने साथै राजनीतिको नाममा शिक्षकहरुमाथि उल्टै दमन गर्ने दलकाे आडमा बनेका भातृ एवं शुभेच्छुक शिक्षक सङ्गठन लाई खारेज गरी शिक्षकहरुको शिक्षककै लागि र लेवी बिना सामुहिक शिक्षक हितमा लड्ने र कार्य गर्ने सामूहिक संस्थाको परिकल्पना स्वरुप स्वतन्त्र शिक्षक तथा कर्मचारी यूनियन गठन गरेका छौं” तदर्थ समितिका अध्यक्ष रामराज राजवंशीको भनाइ थियो । 

तदर्थ समिति हाल केन्द्रमा निर्माण भएको र छिट्टै सङ्गठन विस्तार गरी सात वटै प्रदेश र ७७ जिल्लामा संगठन लाई विस्तार गरेर लगिने साथमा प्राविधिक समितिमार्फत शिक्षकहरुलाई भर्चुअल तालिमको अवसरहरु सिर्जना गर्ने नवनिर्मित तदर्थ समितिका महासचिव जीवन तिमल्सेनाको भनाई थियो । 

“शिक्षक महासंघ वैधानिक संस्था भएतापनि त्यसमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु दलकै भातृ र शुभेच्छुक संस्थाहरुबाट छनौट गरिने भएकाले महासंघमा दलकै टिकट लिनु पर्ने बाध्यात्मक अवस्था खारेज गरी स्वतन्त्र शिक्षक हरुपनि त्यहां सम्म जान पाउने प्रावधान राख्नुपर्ने आयोजकको भनाइ थियो । कि त महासङ्घको दलगत प्रावधान हटाउनु नत्रभने शिक्षाको सुधारका लागि दलगत संस्थाभन्दा स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनले प्रतिनिधित्व गर्छ र स्वतन्त्ररूपमा आम शिक्षक एवं कर्मचारीहरूको हितमा सँघर्ष गर्दछ । शिक्षकहरूको प्रतिनिधित्व गर्न हामी तयार छौं” माहासचिव तिमल्सेनाको भनाइ थियो । 

लेभीको भरमा र लेबी कै दुरुपयोग गर्दै जहाजका बिल र होटल भाडा सँगै साँझ परेपछि मस्तिमा लाग्ने दलगत झोले नेतृत्वहरुले शिक्षा र शिक्षक एवं कर्मचारीहरूको गरिमा घटाएको छ, शिक्षक कर्मचारीहरूको गरिमालाई उचो राख्न स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन आवश्यक छ । 

राष्ट्रसेवक शिक्षकहरुको जस्तै गरि आम शिक्षकको राष्ट्रसेवक मान्यता राज्यले दिनुपर्ने, सबै राष्ट्रसेवक कर्मचारीहरुका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, निजामती विद्यालयको नाममा विद्यालयहरूको बिच खाडल र विभेद सिर्जना गर्ने कार्य नगर्न नगराउन खबरदारी गर्ने, राहात, साविक उच्चमावि, अनुदान, करार, ईसिडी, विद्यालय कर्मचारी,  निजी स्रोत आदि शिक्षक एवं कर्मचारीहरूको अनेकन नाम हटाइ प्रक्रिया पुर्याउँदै दरबन्दी सिर्जना गरी एकै थरिका शिक्षक निर्माण गर्ने, शिक्षक निर्माण गर्न पहल गर्ने, आधुनिक सूचना प्रविधिसँग घुलमिल हुन समय सन्दर्भ बमोजिमको वार्षिक एकपटक तालिमको अवसर सिर्जना गर्नुपर्ने, समान सुविधा–समान हैसियत–समान अवसर–समान कर्तव्य निर्वाह गर्ने राष्ट्रसेवकको कल्पना गर्नुपर्ने एजेण्डासहित स्वतन्त्र शिक्षक एवं कर्मचारी युनियन स्थापना भएको जनाइएको छ । 

 

केन्द्रीय तदर्थ समितिमा निम्नानुसारको पदाधिकारीहरु रहेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ: 

 

पद नामथर 
अध्यक्ष:  रामराज राजवंशी 
वरिष्ठ उपाध्यक्ष: भोजराज भट्ट  
उपाध्यक्षहरु: मातृका सुवेदी (प्रदेश नं 1)
  जय प्रकाश शर्मा (प्रदेश नं २),     
ऋषिश्वर पाैडेल (बागमती)
कृष्ण न्यौपाने (गण्डकी)
धर्मदत्त पाण्डे (कर्णाली)
केशव अाेझा (सुदूरपश्चिम)
लुम्बिनी प्रदेश खाली राखिएको
महासचिव:  जीवन तिमल्सिना 
सचिव: सुदिप मिश्र     
कोषाध्यक्ष: रवीन्द्र ढकाल 
सहसचिव: पदम बहादुर दाहाल (प्रदेश नं १)
विमला तिमल्सिना  (प्रदेश नं २)
प्रकाश पाण्डे (बागमती प्रदेश)
प्रमाेद चन्द्र पौडेल (गण्डकी प्रदेश)
सरिता शर्मा (लुम्बिनी प्रदेश)
बिकास हमाल (कर्णाली प्रदेश)
धर्म राज जोशी (सुदूरपश्चिम प्रदेश)
सह काेषाध्यक्ष राज किशाेर शाह (प्रदेश नं १)
कमलेश सिंह  (प्रदेश नं २)
सुमन तिमल्सिना (बागमती प्रदेश)
यसाेदा तिवारी (गण्डकी प्रदेश)
गुणनिधि खनाल (लुम्बिनी प्रदेश)
रमेश बहादुर बुढा  (कर्णाली प्रदेश)
देवराज पाण्डे (सुदूरपश्चिम प्रदेश)
सदस्यहरूः  श्री जंग राई 
निर्मला कार्की 
पेसल दाहाल
तारामणि श्रेष्ठ 
बुद्धिप्रसाद शर्मा 
शान्ता थापा
हिरा सुनुवार
विमला पोखरेल
ज्ञान प्रकाश राैनियार
शत्रुधन मुखिया
रामश्रय यादव
सञ्जय यादव
प्रमोद कुमार यादव
अरूणा घलान
सुरेन्द्र काेइराला
मेघा ढकाल
उदय ढकाल
वीरजित लामा
सन्तोष तिमल्सेना
सन्देश तामाङ
विकास ढकाल
तुलसा छपाइ
बलराम रेग्मी
जानकी पन्थि
उर्मिला पराजुली
मणि चन्द्र कार्की 
टेक बहादुर शाही
जीवन ढकाल
शुशिलराज केसी
भोजराज जाेशी
बसन्त भट्ट
गठन गरिएका विभागहरू 

तालिम तथा प्राविधिक 

सांगठनिक 

समन्वय तथा मूल्यांकन 

आर्थिक तथा व्यवस्थापन

प्रमुख सल्लाहकार 

विष्णु बराल  

श्रीकृष्ण आचार्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *