१५ वर्षीय स्कुले एक बालिका १६ दिनदेखि वेपत्ता

शिक्षा सञ्चार संवाददाता  |  २५ चैत्र २०७६, मंगलवार  |    709  Views

दमौली– १५ वर्षीय स्कुले एक बालिका १६ दिनदेखि वेपत्ता भएकी छन । लमजुङको मध्यनेपाल नगरपालिका ४ की १५ वर्षीय सपना श्रेष्ठ एकाएक वेपत्ता भएकी हुन । सोही नगरपालिकाको भैरवकाली माविको कक्षा ९ मा अध्ययनरत ती बालिका एकाएक वेपत्ता भएको घर परिवारले जनाएको छ । चैत्र ९ गते साथीकोमा जान्छु भनेर हिडेकी ती बालिका अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा चिजामाया श्रेष्ठले बताइन । लामो समय घरमा नफर्केपछि साथीभाइ, आफन्त, चिनेजानेका र शुभचिन्तकहरु कहाँ सम्पर्क गर्दा छोरीको बारेमा केही थाहा हुन सकेको छैन उनले भनिन । लक डाउन अवधिभर साथीकोमा बसेर फर्कन्छु भन्थी अहिले सम्पर्क समेत भएको छैन हामी निकै चिन्तित भएका छौ आँशु खसाल्दै आमा चिजामायाले भनिन । उनका बाबु मंगल श्रेष्ठले पनि छोरीको अत्तोपत्तो नहुँदा आफुहरु निकै चिन्तित भएको बताए । मोवाइलमा सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन भन्ने खबर आउछ उनले भने । बिचमा एक पटक छोरीसँग मोवाइलमा थोरै कुराकानी भएपनि कुन ठाउँमा छ भन्ने कुरा खुल्न नसकेको जानकारी उनले दिए । छोरीको खोजी गरिदिन लमजुङ र तनहुँ प्रहरीमा हुलिया सहितको निवेदन दिएको बुबा मंगल श्रेष्ठले बताए । प्रहरीबाट ७७ वटै जिल्लामा सर्कुलर भएको कुरा जानकारीमा आएको छ तर यतिका समय अत्तोपत्तो नहुँदा हामी धेरै निराश छौ उनको घर परिवार स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *