SEE  तयारीको फरक तरिका

शिक्षा सञ्चार संवाददाता  |  १६ फाल्गुन २०७६, शुक्रबार  |    2019  Views

पोखरा – परीक्षाको नाम सुन्दै धेरैको मन तर्सन्छ त्यसमा पनि SEE परीक्षालाई सबैले भविष्य निर्माणको गेटको रुपमा लिने गर्नाले पनि कलिला बालबालिकाहरुमा मानसिक दबाव सृजना हुने गरेको छ । यहि चैत्र ६ गते बाट नेपालभर करिव ५ लाख भन्दा बढि विद्यार्थी संग्लन हुने SEE परीक्षा संञ्चालन हुदै छ । देशभरका विद्यालयमा परीक्षाको तयारीका लागि आ—आफ्नो तरिकाले लागि परेको पाइन्छ । गण्डकी प्रदेशकै तेस्रो स्थान हाँसिल गरेको पोखराको विन्दबासिनी मा.वि. बाटुलेचौर, पोखराले  क्भ्भ् तयारी गर्ने तरिकाको फरक अभ्यास गरेको छ । बिहान १० बजेबाट ४ बजेसम्म विद्यार्थीहरुलाई पुस्तकालयमा राख्ने गरिन्छ । तर सबै विद्यार्थीहरु होइन मात्र A  र A+  ल्याउने विद्यार्थीहरुलाई मात्र उत्कृष्ट अंक ल्याउन पूर्ण तयारी गरी विद्यालयले पनि उत्कृष्ट GPA ल्याउने प्रयासका लागि यसो गरिएको दृष्य  शिक्षा सञ्चारको टोली विद्यालय परिसरमा जाँदा देखियो । “कमजोर विद्यार्थीहरुलाई कक्षामा राखिन्छ र मेधावी विद्यार्थीहरुलाई पुस्तकालयमा राखी शिक्षकहरुको विषयगत निगरानी सहित अध्यायन गर्न लगाउने जसले गर्दा नतिजामा उत्कृष्टता आउने र कम्जोरहरुको पनि परीक्षामा सुधार आउने विगतको अनुभवलाई निरन्तरता दिदै यो प्रयास गर्ने गरेका छौ ”  त्यसै विद्यालयका शिक्षक खेमराज पौडेलको भनाई रहेको छ ।

विन्दबासिनी मा.वि. ले गत बर्ष ६४ जना सहभागी विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुले GPA 3.75 देखि GPA 3.60   ल्याएको र तयारीमा सम्पूर्ण शिक्षकहरुले उत्प्रेरणाका साथ फरक तरिकाले मेहेनत् गरेकाले यसबर्ष अझ राम्रो नतिजा आउने विश्वास प्र.अ. कृष्णप्रसाद आचार्यले व्यक्त गरेका हुन् । ११६४ विद्यार्थी रहेको विद्यालयमा दुई ठाउँमा गरि ६ वटा भवनहरु खेल मैदान पुस्ताकलय र प्रविधिमैत्री कक्षाकोठाहरु देख्दा पोखरा आसमासकै नमुना विद्यालय बन्ने संकेत देख्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *