एसईई, विश्वविद्यालय र सिटिइभिटीका परीक्षाहरु स्थगित कक्षा ११ र १२ को परीक्षा सर्ने संकेत

शिक्षा सञ्चार संवाददाता  |  ५ चैत्र २०७६, बुधबार  |    1352  Views

काठमाडौ – चैत ६ गते बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ। प्रधानमन्त्रीका निवासमा बसेको पदाधिकारी बैठक पश्चात नेकपा का प्रवत्ता समेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । उनका अनुसार चैत्र ६ गतेदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्।

एसईई परीक्षा स्थगितबारे अभिभाबकले भने सरकारको अदुरदर्शी निर्णय भनेका छन् । एक दिन अगाडी सम्म पनि परीक्षा नियमित हुन्छ भनेर विज्ञप्ती निकाल्ने एक दिन पछाडी स्थगन गर्ने अदुरदर्शी निर्णयले ५ लाख अभिभाबक, परीक्षामा खटिएका शिक्षक एवं कर्मचारीहरुप्रति सरकारले खेलवाड गरेको आम गुनासो रहेको छ । एक हप्ता अगाडीबाटनै स्थगन गर्नुपर्ने आवाज हुँदाहुँदै पनि सरकारले कुनै चासो नगरीकन अगाडी बढेको थियो । परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।

यसरी नै सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । उनले सीटीईभीटीको पनि परीक्षा स्थगित गरिएको उनले बताए । यसअघि बुधबारै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालय, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो। कक्षा ११ र १२ को परीक्षा बारे छलफल चलिरहेको छिट्टै निर्णय गरिने श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *