तनहुँ – जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको पूर्वसन्ध्यामा आफ्नो शुभकामना सन्देश मार्फत जिल्ला भरिका सराेकारवाला सम्पूर्ण व्यक्तिहरुप्रति लक्षित रहेर सवारी साधन चलाउनको लागि सचेत गराउँदै सन्देश प्रवाह गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्जको रुपमा रहेका रेशमबहादुर रानाभाटले विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको सम्पुर्ण देशबासी तथा जिल्लाबासी अामा बुबा, दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना प्रदान गर्दै चाडपर्वकाे समयमा हुन सक्ने दुर्घटना प्रति सचेत रहन आग्रह गरेका छन्। चाडपर्वको समय अधिक रूपमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने भएकाले यसलाई न्यूनिकरण गर्न अाम नागरिक आफै सचेत हुनुपर्ने उनकाे सुझाव रहेकाे छ । शुभकामना सन्देश भिडियामा