डिजिटल सिकाइ अभियानको शुभारम्भ

शिक्षा सञ्चार संवाददाता  |  ११ फाल्गुन २०७७, मंगलवार  |    362  Views

तनहुँ- आधुनिक शिक्षाको सुरुवातसगै शिक्षण सिकाइमा सूचना प्रविधिलाई जोड्दै सिकाई कार्यामा सहजता बनाउन शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिकाबाट डिजिटल सिकाई अभियानको शुभारम्भ गरिएको छ ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेद्वारा शुभारम्भ गरिएको कार्यक्रमले ब्यास नगरपालिका मात्र नभएर सम्पूर्ण देशका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ । तनहुंमा स्थानिय तह, साझेदार संस्था एकीकृत हरित विकास नेपाल र विद्यालयहरूको त्रिपक्षीय सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । शुभारम्भ पश्चात प्रमुख न्यौपानेले आधुनिक शिक्षाको सुरुवात भएको महसुस गरिएको भन्दै कार्यक्रम अत्यन्त राम्रो भएता पनि यसको उपलब्धि विद्यालयमा देखिनु पर्ने विचार व्यक्त गर्दै विद्यमान र भावी चुनौतीहरूको सामना गर्न सक्ने साथै भोलीको आवश्यकता के छ ? त्यसलाई मध्यनजर गरी तयारी गर्नुपर्ने कुरामा जोड दिनुपर्ने जुनकुरा यस डिजिटल सिकाई अभियानले समेट्ने प्रयास गरेको विचार ब्यक्त गर्नुभयो ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, वडा नम्बर 10 का वडा अध्यक्ष तुलसीराम सापकोटा शिक्षा शाखा अधिकृत नविन पराजुली, शिक्षक महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, एनप्याब्सनका अध्यक्ष रामकृष्ण बि.क., प्रविधिमैत्री शिक्षक समाज तनहुँका अध्यक्ष राजिव श्रेष्ठ, महिला शिक्षक समाज जिल्ला अध्यक्ष शर्मिला ओझा, विएसएस कम्प्युटरका प्रोपाइटर किशोर खड्का, विद्यालयका प्र अहरू, साथै शिक्षक एवं संघ संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थितिमा संचालित कार्यक्रमको अध्यक्षता साझेदार संस्था एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसीले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष रामदत्त पौडेलले गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य एवं अभियान मार्फत गरिने क्रियाकलापका बारे कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले प्रविधिमार्फत नै जानकारी गराउनुभएको थियो । प्रस्तुतिकरण पश्चात शुभकामना मन्तव्यमा बोल्ने अधिकांश वक्ताहरुले एक्काइसौं शताब्दीको प्रविधियुक्त शिक्षा प्राप्त गर्ने विद्यालय तहको शिक्षालाई परिवर्तन गर्न थालिएको अभियान अत्यन्त सराहनीय रहेको र यस अभियानमा आफ्नो अर्काको नभनी सबैले प्रयोग गरी अभियानलाई सफल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

डिजिटल सिकाई अभियान तनहुँको व्यास नगरपालिका लगाएत भानु, शुक्लागण्डकी, भिमाद नगरपालिका साथै म्याग्दे, बन्दिपुर, रिसिङ गर्दै सबै स्थानीय तहमा पुग्ने संयोजक आचार्यको भनाइ थियो ।

व्यास नगरपालिकामा साझेदार संस्थाको तीन लाख चौतिस हजार पांच सय र व्यास नगरपालिकाको तीन लाख उनान्सय हजार पांच सयको साझेदारीमा कार्यक्रम सञ्चालनमा आएको शिक्षा अधिकृत नविन पराजुलीले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *