तनहुँमा सप्ताहव्यापी शैक्षिक कार्यक्रमका साथ ओलम्पिक दिवस मनाइने

शिक्षा सञ्चार संवाददाता  |  ४ असार २०७८, शुक्रबार  |    521  Views

तनहुँ – अन्तराष्ट्रिय ओलम्पिक दिवसको उपलक्ष्यमा तनहुँमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ओलम्पिक सप्ताह मूल समारोह समिति गठन गरी सप्ताहव्यापी रुपमा सो दिवस मनाउने निर्णय गरिएको छ ।

असार ५ देखि ९ गतेसम्म उक्त दिवस मनाइने निर्णय भएको ओलम्पिक सप्ताह मूल समारोह समितिका संयोजक ऋषिराम भुषालले जानकारी दिनुभयो । असार ६ गते ओलम्पिक खेल शीर्षकमा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता, असार ७ गते ओलम्पिक खेल सम्बन्धमा चित्रकला प्रतियोगिता, ९ गते प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार वितरण गर्दै सप्ताह व्यापी कार्यक्रम समापन गर्ने संयोजक भुषालले बताउनुभयो । जिल्लामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई प्रदेश ओलम्पिक कमिटि मार्फत केन्द्रिय ओलम्पिक कमिटिमा पठाइने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *