नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाद्वारा समुदायिक एम्बुलेन्स सेवा अभियानको शुभारम्भ

शिक्षा सञ्चार संवाददाता  |  १९ भाद्र २०७७, शुक्रबार  |    166  Views

तनहूँ- व्यास नगरपालिका वडा नम्बर १० मा रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले आगामी आठ महिना भित्रमा सेवा सुचारु गर्ने उद्देश्यकासाथ सामुदायिक एम्बुलेन्स सेवा अभियानको शुभारम्भ गरेको छ । नेपाल रेडक्रस सोसाइटी को ५८ औं स्थापना दिवसको अवसरमा व्यास १० दुम्सीचौरको एक कार्यक्रमकाबीच केन्द्रीय सदस्य प्रदीप घिमिरेद्वारा अभियानको शुभारम्भ गरिएको हो ।

असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने मूल नाराका साथ शुभारम्भ गरिएको अभियानलाई साथ दिन रेडकस केन्द्रीय सदस्य प्रदीप घिमिरे, वडा नं १० का अध्यक्ष तुलसीराम सापकोटा जिल्ला सभापति कृष्णहरि वाग्ले, वडा सदस्यहरु, वडा भित्रका संघसंस्था, समुदायिक वन, विद्यालय, युवाक्लब, आमा समूह, छिमेकी उप शाखाहरु एवं स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो अभियानको शुभारम्भ गर्दै केन्द्रीय सदस्य घिमिरेले आफूले यस अभियानलाई सफल बनाउन केन्द्रीय कमिटीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने र खरिद प्रक्रियामा केन्द्रमा रहेर सहयोग पुर्याउने बताएका थिए । रेडक्रसको विधानमा धेरै त्रुटिहरु पाइएकाले विधानको शुद्धीकरणको कार्य पुरा भएपछि रेडक्रस पुनः क्रियाशील रहने बताएका थिए।

कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष तुलसीराम सापकोटाले सबैको अपनत्व हुने गरी अभियान सूचारु गरी सामुहिक सेवाका लागि समुदायमा आधारित सेवा भएकाले सम्पूर्ण व्यक्ति एवं संस्थाहरुले खुला हृदयले सहयोग गर्न आह्वान गरेका थिए।

 

अभियानको सफलताको कामना गर्दै जिल्ला सभापति कृष्णहरि वाग्लेले रेडक्रसले गर्ने चारवटा क्षेत्रहरु संगठन बिकास, बिपत ब्यबस्थापन, सामुदायिक स्वास्थ्य एवं हेरचाह र अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत हाल विपद् व्यवस्थापन र सामुदायिक स्वास्थ्य सेवामा सक्रिय रहेको सन्दर्भमा एम्बुलेन्स सेवा एक उदाहरणीय कार्य भएको विचार व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई स्वागत गर्दै अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले शुभारम्भ पश्चात आजबाटै रकम संकलनको आह्वान गरे पश्चात कार्यक्रम स्थलमा नै तीन लाख बीस हजार भन्दा बढी रकम संकलन गरिएको अर्थ संकलन समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले बताएका छन् ।

अभियानलाई नेतृत्व गरिरहेका उपशाखा सभापति रामदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आफ्ना भनाईहरु राख्दै उपशाखाले जटिल परिस्थितिमा सुरुवात गरिएको अभियानलाई सम्पन्न गर्न हाम सहयोगीहरुलाई अपिल गरेका थिए साथै विगतदेखि समुदायमा खानेपानी, विद्यालयहरुमा शौचालय भवन एवं नेपाल जुनियर रेडक्रस मार्फत विद्यालयका गतिविधिहरुमा संलग्न, खुला दिसामुक्त क्षेत्र घोषणा बनाउन आफ्ना क्रियाकलाप, covid-19 को समयमा व्यक्तिगत काउन्सिलिङ, राहत सामग्री वितरण, आगलागी, आगलागी, भूकम्प, बाढीपहिरो, हावाहुरी, चट्याङ आदिको असहज परिस्थितिमा सहयोग गर्दै आएको दुम्सीकोट उपशाखाले आगामी ८ महिना भित्रमा एम्बुलेन्स सेवा सुचारु गरिने त्यसमा का लागि खुला हृदयले उदारतापूर्वक आर्थिक, भौतिक, नैतिक एवं बैचारिक सहयोग गरिदिनु हुन अपिल गरेका थिए। उक्त कार्यक्रमको संचालन उपशाखाका सचिव यमप्रसाद सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *