बाल मञ्च गठन गर्दै भिमाद नगरपालिका

शिक्षा सञ्चार संवाददाता  |  २८ चैत्र २०७७, शनिबार  |    202  Views

बाल मञ्च गठन गर्दै भिमाद नगरपालिका             

भिमाद- तनहूं स्थित भिमाद नगरपालिका शिक्षा शाखाले बिगत 2 बर्ष देखि नगरका नौ ओटै वडाहरुमा वडास्तरमा बालबालिकाहरूलाई जागरुक एवं सचेत गराउँदै संगठनमा आवद्ध गराएर नेतृत्व विकाससँगै विद्यालय र वडामा विविध क्रियाकलापमा संलग्न गराउन प्रत्येक वडामा बाल सञ्जाल र नगरमा बाल मञ्च गठन गरेको छ ।

              नगरपालिकाले वडा नम्बर 1 र 2, नम्बर 3 र 4 र वडा नम्बर 5, 6 र 7 गरी चारवटा ठाउँमा बालबालिकाको लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकामा बाल अधिकार एवं कर्तव्यका विषयवस्तु साथै बालबालिकाको नेतृत्व कला सीपको विकास जस्ता विषयहरु यसमा समावेश गरिएको नगरपालिकाका स्रोत शिक्षक केशवराज वाग्लेले जानकारी दिनुभएको छ ।

जनज्योति माध्यमिक विद्यालयमा सञ्चालित बाल संजाल क्षमता अभिवृद्धि कार्यशालामा उपस्थित भएर उक्त नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज आचार्यले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर उनीहरूको नेतृत्व विकास क्षमता र सामूहिक कार्य एवं बाल अधिकार सम्बन्धी ज्ञान प्रदान गर्ने कार्यका लागि यस्ता कार्य क्रमले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयहरुबाट प्रतिनित्व गर्ने बालबालिकाहरू एवं शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाप्त पश्चात प्रतिक्रिया दिँदै सहभागी बालिका शर्मिला लम्सालले कार्यक्रमले बालअधिकार सम्बन्धी जानकारी एवं बालअधिकारका विषयवस्तुबारे जिज्ञासा में टाउन सहयोग गरेको र कार्यक्रमले विद्यालय एवं घर समाजमा बालबालिकाको अधिकार र कर्तब्य के कस्ता रहेछन् भन्नेबारे विशेष जानकारी गराएको छ, साथै विद्यालय क्षेत्रमा बालअधिकार हननका विषयहरु रहे नरहेको र अधिकार सँगसँगै बालबालिकाहरुले आफ्नो अनुशासन कायम गर्नुपर्ने र आफ्ना कर्तव्यहरु बारे छलफल गरिएकाले विद्यालय तहदेखि नै यस्ता विषयवस्तुबारे शिक्षित हुन पाउँदा खुसी लागेको प्रतिक्रिया व्यक्त गरेकी छन् ।

कक्षा11 मां अध्यायनरत कुशल रानाले वडामा समूह निर्माण गरी विभिन्न बालअधिकार हनन्, विद्यालयमा पठनपाठन गर्न नआएका बालबालिकाको खोजी गरी विद्यालयसम्म ल्याउन सहयोग गर्ने, पढ्ने अवसर प्रदान गर्ने र समाजमा आएका विविध समस्याहरुमा सहयोग गर्ने साथै विद्यालय संरक्षण र विकासमा सहयोगी भूमिका निर्वाह गर्ने, विद्यार्थी अनुशासन निर्माण गर्न यस्तो कार्यक्रमले महत्वपूर्ण सहयोगी भूमिका खेलने प्रतिक्रिया व्यक्त गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक चन्द्र प्रकाश सुवेदीले विद्यालयको भौतिक, शैक्षिक, प्रशासनिक एवं विद्यार्थी अनुशासन आदिको क्षेत्रमा कार्य गर्न बालबालिकाको सहयोगी भूमिका रहने भएकाले यस किसिमको बाल सञ्जाल गठन र प्रशिक्षण कार्यक्रम नगरपालिका मार्फत संचालन भएकोमा विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *