माछापोखरीमा परी एक व्यक्तिको मृत्यु

शिक्षा सञ्चार संवाददाता  |  २ भाद्र २०७७, मंगलवार  |    202  Views

तनहूँ- व्यास नगरपालिका वडा नम्बर 10 खहरेमा रहेको माछापोखरीमा अन्दाजी 42 वर्षको कृष्ण गिरी भन्ने पुरुषको डुबेर मृत्यु भएको छ ।  प्रत्यक्ष दर्शी दलजित बि क का अनुसार पोखरी नजिकैको केरा निकाल्न जाँदा पोखरीमा परेको र त्यही पोखरीमा डुबेर मृत्यु भएको साथै निजले मादकपदार्थ सेवन गरेको बि क को भनाइ छ । नवलपुर जिल्ला दलदले नजिक घर भनी उल्लेख गर्ने गिरी तनहुँ जिल्ला र आसपासमा ज्यामी काम गर्दै आएका थिए । करिब ६:३०बजेको समयमा भएको घटनामा मृत्यु भएका बि क को झोलामा रहेको कापीमा लेनदेनको हिसाबकिताब र म मरे भने नवलपुर जिल्ला दलदले भन्दामाथि 3 km मा भएको मन्दिरमा पुराई दिनु भन्ने उल्लेख छ ।  खहरे आसपासमा केही समय अगाडी एक व्यक्ति झुन्डिएर मृत्यु भएका थिए भने यस क्षेत्रमा यो दोस्रो घटना हो। घटना पश्चात जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर पुगेपछि इन्स्पेक्टर शिवराज क्षेत्री सहितको टोलीले मुचुल्का गरी पोस्टमार्टमको लागि दमौली अस्पताल पठाइएको जनाईएको छ। घटनास्थलमा पुगेर वडा नम्बर 10 का वडा अध्यक्ष तुलसीराम सापकोटाले यस्ता बेवारिसे व्यक्तिहरुलाई घर ठाउँमा राखेर धेरै घटनाहरु घट्ने गरेकोले गाउँबासीहरु आफै सचेत रहनु पर्ने जनाउँदै यस्ता व्यक्तिहरू घरगाउँमा बस्दा हत्याहिंसा, बलत्कार,  चोरी, डकैती लगायतका घटनाहरु हुनसक्ने हुंदा घरबेटीले रेकर्ड राखी जिम्मा लिएर मात्र बस्ने ब्यबस्था गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *