शिक्षा मन्त्रीद्धारा कक्षा सन्चालनका लागि वैकल्पिक माध्यमको प्रयोगमा जोड

शिक्षा सञ्चार संवाददाता  |  ६ बैशाख २०७८, सोमबार  |    85  Views

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रमुख शहरहरूको नियमित कक्षा बन्द भएपनि  वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी दिदै स्वाथ्य मापदन्डलाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै, ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’ साथै

परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिनुभएको छ । 

जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिनुभएको छ ।

मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्त पछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय गरिने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *