ब्यास १० मा धमाधम वि.ब्य.स. गठनः शिवमा विकास रिजाल र भानुमा विष्णु थापा सर्वसम्मत

शिक्षा सञ्चार संवाददाता  |  ९ भाद्र २०७८, बुधबार  |    303  Views

दमौली–  व्यास नगरपालिकाले पुरानो व्यवस्थापन समिति विघटन गरी नयाँ समिति निर्माणका लागि तदर्थ समितिको व्यवस्था गरेबमोजिम वडा अध्यक्षको समन्वयमा व्यास १० मा धमाधम वि।ब्य।स। गठन प्रक्रिया सुरु भएको छ । हालसम्म गठन भएका विद्यालयहरुमा नेतृत्व भने सर्वसहमत चयन भएका छन् ।

भदौ ४ गते भएको  शिव माध्यमिक विद्यालय, व्यास १० दुम्सीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विकास रिजाल  सर्वसहमत विजय हुनुभएको छ ।  रिजालको यो दोस्रो कार्यकाल हो । अभिभावक मध्येबाट सदस्यमा क्रमशः कल्पना आचार्य ,दुर्गा सपकोटा र महादेव आचार्य चयन हुनुभएको छ भने शिक्षक प्रतिनिधिमा विष्णुदेवी कडेल छनौट हुनुभएको छ ।  त्यसैगरी उक्त विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा रमाकान्त ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको हो । ब्यास १० को कान्छो माध्यमिक विद्यालय भएतापनि सर्वसहमतिबाट  पहिलो  प्रयासमा नै विव्यस गठन गर्न सफल भएको हो ।  विब्यस गठन प्रयोजनका लागि वडा अध्यक्ष तुलसीराम सापकोटाको संयोजकत्वमा सहजीकरण समिति रहेको थियो ।  विद्यालयका अभिभावकहरू र संघ संस्थाका प्रतिनिधिहरू एवं पूर्व विब्यस अध्यक्षहरू तथा सामाजिक अगुवाहरूको उपस्थितिमा सामाजिक दूरी कायम गर्दै अभिभावकका बीचबाट नेतृत्व चयन गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवाले जानकारी गराउनुभएको छ।  उक्त विद्यालयमा समिति गठनका लागि सहजीकरण गर्न ब्यासनगर शिक्षा शाखाका अधिकृत नविन पराजुलीको समेत उपस्थिति रहेको थियो ।

व्यास–१० कै अर्को विद्यालय भानु माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा बिष्णु बहादुर थापा  सर्वसहमति बाट चयन हुनु भएको छ ।  भदौ ९ गते भएको अभिभावकहरूको भेलाबाट समितिको सदस्यहरुमा अनिसरा गुरुङ,लिल बहादुर बि क र सुरेन्द्र गुरुङ  सर्वसहमतिबाट चयन हुनु भएको छ भने शिक्षक प्रतिनिधिमा कृष्ण प्रसाद तिवारी छनौट हुनुभएको छ ।  त्यसैगरी शिक्षक अभिभावक संघ को अध्यक्षमा पदम बहादुर दरै निर्वाचित हुनुभएको छ । विब्यस सहजीकरण समितिका संयोजक एवं वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा  वडा सदस्य पतिमाया दरै,नेकाँ वडा उपसभापति खेमराज पोख्रेल,सचिव प्रेम राज मिश्र, बिव्यस पूर्व अध्यक्ष मिन बहादुर थापा,  बैरेनी खानेपानीका कोषाध्यक्ष राम बहादुर  परियार, चेत बहादुर दरै, पुर्व प्रअ प्रेम बहादुर दरै लगाएत करिब १२० जना अभिभावकहरुको  उपस्थति रहेको विद्यालयका प्रअ राजेन्द्र प्रसाद सिग्देलले  जानकारी गराउनु भएको छ ।

यही प्रक्रियालाई निरन्तरता दिँदै बाँकी रहेका चण्डीदेवी मावि, सर्वज्योती मावि र जनता आधारभूत विद्यालयमा पनि  व्यवस्थापन समिति गठन गरिने वडा नम्बर १० का वडाअध्यक्ष तुलसीराम सापकोटाले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *